नागरिक पोष्ट News


हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको एकीकृत कारोबार सुरु

826

काठमाडौं, १२ फागुन । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको  (शुक्रबार) देखि एकीकृत कारोबार सुरु भएको छ । । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार शुक्रबारदेखि ‘हिमालयन बैङ्क लिमिटेड’को नामबाट भएको हो ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्थ रहने छ । बैंकको कुल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्थ रहने छ । 

यसैगरी बैंकले नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ब्त्ः द्यययतज हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताए । 

नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको निर्णयानुसार इजाजतपत्र प्राप्त संस्था हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी साबिकको संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा हुने सूचनामा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ ९पाँचौँ संशोधन २०७९०को विनियम ११ को उपविनियम ९७०बमोजिम सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैङ्कले सूचना प्रकाशित गरेको छ ।

Must View