बिहीबार सेयर बजारमा पहिरो
742
काठमाडौँ - कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । बिहीबार नेप्से परिसूचक ५७।७४ अंकले घटेर २०२२।६४ विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९८ अङ्कले घटेर ३८४।३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।