नागरिक पोष्ट News


राष्ट्रिय बिमा संस्थानकाे ५६ औं वार्षिकाेत्सव सम्पन्न

1K

काठमाडौं । राष्ट्रिय बिमा संस्थानको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बीमा सेवा प्रदायकको रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बीमा संस्थान सफलताका साथ आजदेखि ५६ औं वर्षमा प्रवेश गरेको हो ।

संस्थानले यस अभियानमा सहयोग पुर्याउने नेपा सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्थाहरु, संस्थागत तथा व्यक्तिगत बीमित अभिकर्ता, पुनर्बीमक लगायत सबै सरोकारवाल र शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेको छ । आगामी दिनमा संस्थानले उपलब्ध गराउने सेवाहरु अझ छिटो छरितो, सहज गुरणस्तरीय र विश्वसनीय बनाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

बीमा ऐन २०७९ तथा नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप संस्थानले ५ अर्ब चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेको छ । जस मध्ये ७० प्रतिशत संस्थापक र सर्वसाधारण समुहको ३० प्रतिशतका लागि आइपिओ निष्काशन गर्ने योजना बनाएको छ ।

हाल संस्थान सँग लगानी योग्य रकम ४५ अर्ब रुपैयाँ रहेको छ । यस्तो रकम हरेक वर्ष ५ अर्बका दरले बढ्दै गइरहेको संस्थानले जनाएको छ । चालू आर्थिक वर्ष २०७९र८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको संस्थानले यस वर्ष १२ अर्ब रुपैयाँ संकलन गर्ने अनुमान छ । एकदशकदेखि लेखापरीक्षण हुन नसकेको संस्थाले चालु आर्थिक वर्षभित्रै पुरा गर्ने बताउदै आएको छ ।

Must View