नागरिक पोष्ट News


प्रधानमन्त्रीले भने- गठबन्धन भत्किंदैन, राष्ट्रपतिमा सहमति हुन्छ

1.1K

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन्। बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन्।

गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ। गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ।

राष्ट्रपतिमा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ। दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन्।

Must View