नागरिक पोष्ट News


एनिमल नेपालको अन्तक्रिया कार्यक्रम सम्पन्न

833

काठमाडौं। पशुकल्याणको क्षेत्रमा सकृयतापूर्वक विगत १३ वर्षदेखि निरन्तर लागिरहेको एनिमल नेपालले पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रम प्रमुख सुलोचना राणाले बताउनुभयो । कार्यक्रम काठमाडौंको एक होटलमा आयोजना गरिएको थियो । अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने उहाँको भनाइ छ । उहाँले पशुपक्षीको आधारभुत आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपंक्षीको स्वास्थ्यमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । पशुपंक्षीको खाना र बासस्थानबारे उपभोक्ताले पनि जानकारी लिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रम संयोजक मधुु कट्टेलले अण्डाको उत्पादन मिति र एक्स्पाएरी मिति तोकेर मुल्य निर्धारण गर्नुपर्ने बारे आफ्नो संस्थाले जनचेतना कार्यक्रमहरु अघि बढाइरहेको बताउनुु भयो । उपभोक्ताले पनि आफुले खाने अण्डाको स्थितिबारे चासो राख्नुपर्ने बताउनुभयो ।

गैरनाफामुलक सामाजिक संस्था एनिमल नेपालले सामुदायिक कुकुर, भारवाहक जनावर गंधा, खच्चर, घोडाका खातिर पशुपन्छी कल्याणसँग सम्बन्धित विविध गतिविधिहरु देशका विभिन्न क्षेत्रमा गर्दै आइरहेको छ। संस्थाले काठमाडौं, ललितपुर, चितवन, धादिङ, बारा, गोर्खा, रुपन्देहि, बाँके, फैलाली लगायतका जिल्लाहरुमा प्रत्यक्ष रुपले गर्दै आइरहेको र पशुकल्याण सम्बन्धी मुद्धाहरुमा राष्ट्रव्यापी रुपमा काम गर्दै आइरहेको छ । झापाको बिर्तामोड नगरपालिका स्थित मुक्ती चोकमा मङ्गलवार अण्डाको उच्च मूल्य नपाएको भन्दै लेयर्स कुखुराहरु र अण्डा सडकमा फालेर किसानहरुले विरोध गरेकोबारे संस्थाले ध्यानाकर्षण गराएको थियो ।

अहिलेको समयमा किसानहरु मारमा परेको अवस्थामा रहेको भन्दै कुनै पनि समस्याको समाधान पशुपन्छी कल्याणको हित भन्दा माथि हुन नसक्ने संस्थाको ठहर छ । ‘निर्दोश पन्छीहरुलाई सडकमा फाल्नु निन्दनिय व्यवहार हो । यस्तो व्यवहार गर्नु अमानविय हुनुमा साथै पन्छीहरु बोल्न सक्दैनन् भनेर उनीहरु माथि क्रूरता, हिंसा र दुर्व्यवहार गरेर सफलता मिल्दैन । हाम्रो समाज कतातिर गईरहेको छ, पशुपन्छीहरुलाई पनि पिडा हुन्छ यस्तो निन्दनिय क्रियाकलापहरु नगर्न अनुरोध गर्दछौं ।’ संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिवित कुखुराहरुलाई सडकमा फाल्नु भन्दा वैकल्पिक तरिकाले समस्याको समाधानको मुद्धामा आन्दोलन गर्नु उचित हुने संस्थाको भनाइ छ । पशुपन्छी प्राणी भएको र उसलाई पनि बाँच्न पाउने अधिकार हुने भन्दै उनीहरुको विषयलाई गम्भिरता पूर्वक लिन एनिमल नेपालले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

Must View