सहकारी मेरो अनुभव, समस्य र समाधानका उपायहरु
काठमाडौं । सहकारी भन्नाले “सहकार्य’’ भन्ने अर्थ लाग्दछ । मध्यम तथा सो भन्दा तल्लो वर्गको लागि आर्थिक सुधारको पद्वतिको रुपमा स्थापना भएको वा गरिएको संघ संस्था हाल विभिन्न वर्गमा प्रत्यक्ष तथा अप्रत्यक्ष यसको संलग्नता देखिएको यावत् नै छ । विपन्न देखि सभ्रान्त बाटो देखिको ठूला ठूला महलमा व्यवसाय गरि कारोवार गर्नेहरुको लागि सहकारी आजको दिनमा अपरिहार्य भएको छ । हाल नेपाल अधिराज्य भरि लगभग ३४,९१२÷ जति बहुउद्देश्यीय, बचत तथा ऋण र अन्य गरि सहकारीहरु रहेका छन । सहकारीको इतिहास खासै लामो नरहेता पनि छोटो अवधिमा नै सबै वर्गमा अपरिहार्य रहेको छ ।
२०६५ साल मंसिर देखि मैले यस क्षेत्रमा संलग्न रहि हाल सम्म निरन्तर कार्यरत रहि रहेको अवस्था छ । त्यस समयमा सहकारी भनेको बचत हुने, सदस्यले ब्याज लिने र व्यापार व्यवसाय गर्नेले छोटो समयावधिको लागि कर्जा लिई आफनो कारोबारलाई बढ्वा दिने गरि देखिएका थिए । सहकारीका अभियन्ताहरु भनिएका कतिपय लाई त सहकारी के हो भन्ने सहि अर्थ पनि थाहा थिएन जस्तो लाग्छ । त्यस्तै गरि सहकारीको सदस्यहरुलाई पनि सहि अर्थमा यसको सिदृान्त, मूल्य , मान्यता लगायत केही जानकारी थिएन वा गराइएन । सदस्यको घर दैलोमा पुगि सेवा दिने भएकोले सदस्य हरुलाई सहज भएको हुनाले छोटो समयमा नै लोकप्रियता सहकारीले पायो तर दुर्भाग्य के हो भने सहि अर्थ सहकारीको के हो भन्ने कुरा सदस्यलाई नबुझाउनु वा बुझन नसक्नु नै हालको अवस्था सिर्जना हुनु हो । मैले एउटै सहकारीमा लगभग १३ बर्ष काम गरे खन्जाची देखि अधिकृत सम्मको पदमा पुग्दा मैले लगभग सबै कुराको अनुभव गरे ।
सहकारीले बैंकले जस्तो नै कारोबार गरे पनि बैंकको जति विश्वसनियता त्यस समयमा पनि कमि थियो । सदस्यले कारोवार गर्दा संस्था भन्दा पनि आफु निकट कोही संचालक वा कर्मचारी छन छैनन सो पश्चात मात्र कारोवार सो समयमा गरिने थियो तधापी हाल सम्म सोही अवस्थाले निरन्तरता पाएको छ । संस्थालाई भन्दा पनि सो संस्थामा आवद्व व्यतिmलाई विश्वास गरि कारोवार गर्नु भए राम्रो कुरा हो तर सदस्यले सो संस्थाको यावत कुराहरुको जानकारी राखेको अवस्थामा भविष्यमा आफुले राखेको बचत लगानी गरेको शेयर रकम झन सुरक्षित रहनेछ भन्ने कुरामा कुनै दुईमत छैन । मैले प्रशङ्ग बदल्न चाहिन किनकी हालको विधमान अवस्था सिर्जना हुनुमा कहि कतै सदस्यको वा संस्था संन्चालक वा कर्मचारीहरुको भुमिका रहेन । मेरो यस लेखले हालको अवस्थामा कुनै सुधारको अवस्थामा नआउला तर विद्ममान परिस्थतिमा सहकारी प्रति रहेको गलत धारणा , मानसिकता वा भनौं कल्पवृक्ष कुनै मन मष्तिस्समा रहेको हजारौं भ्रम चिर्न सफल हुदैछ भन्नेमा म विश्वस्त छु । कहि कतै यस्तो विषम परिस्थितिमा न कोही अभियान्ताले न यस सँग सम्वधित सरोकार वालाले यस विषयमा कलम चलाए । तर म कुनै संस्थामा आवदृ एक संन्चालकले हालको सहकारीको विषयमा कलम चलाउनु मेरो लागि ठुलो अनुभव हुनेछ ।
सहकारीमा काम गर्दा मैले सदस्यलाई संस्थाको बारेमा जानकारी दिएर मात्र कारोबार गराउने गरेको छु । मेरो बुझाईमा संस्थाको आन्तरिक कारोवार देखि यावत सम्पुर्ण कुराहरु सदस्यसंग बाँडेमा सदस्य जहाँ पुगे पनि कारोवार त्यहि गर्नेछ जहाँ आफुलाई संस्थाको बारेमा सुचना सदस्यलाई पूर्ण रुपमा दिईनु पर्दछ । यसले सदस्य वर्ग संग लामो समय सम्म राख्न धेरै राम्रो भुमिका खेल्ने मैले महसुस गरेको छु । त्यस्तै गरि अर्को पक्ष भनेको व्यवस्थापन पक्ष हो ।यसमा सहकारकिा सम्पुर्ण कुराहरु समावेश रहन्छन ।
व्यवस्थापन पक्ष भित्र कार्यलय सरसफाई देखि नगद व्यवस्थापन सम्मका सम्पुर्ण कुराहरु समेटिएका हुन्छन । सदस्यले कार्यलयको अवस्था कस्तो छ राम्रो नराम्रो देखि स–साना रुपमा जम्मा गरि संस्थामा जम्मा हुन आएका नगद बैंक सम्म पुदा कुन रुपमा जम्मा हुन पुग्छन भन्ने सम्म व्यवस्थापन पक्षमा समावेश हुन्छन र यहि सम्मको अवस्थामा थाहा हुन्छ की त्यस संस्थाको कर्मचारीमा दक्षता , अनुभव लगायतका कुराहरु कति छन् भन्ने कुराहरु । त्यसैले हाल सबै सहकारीहरुले यस कुरालाई मध्यनजर गर्दै व्यवस्थापन पक्ष बलियो बनाउदै लगेको देखिन्छ । यस पक्षको मलाई व्याख्या गर्न मन थियो तर यो मेरो सहकारी सम्वन्धि पहिलो लेख तथा मेरो लेखाई अन्तै नमोडियोस, हालको समय सान्दर्भिक होस भन्ने हेतुले पछि मौका पाए यसलाई विष्तृत रुपमा ल्याउने दृढ संकल्प गर्नेछु ।मात्र सदस्यले सही सुचना प्राप्त गरि कारोबार र सहकारी संस्थाले व्यवस्थापन पक्षमा अब्बल रहि कार्य गरेमा सहकारीले एक मूर्त रुप प्राप्त गर्नेछ भन्ने मेरो सोच रहनेछ ।
हालको अवस्थामा देशैभरि आर्थिक संकट रहेको अवस्था छ । नियमित भई रहेको व्यापार व्यवसाय लगायतका सम्पुर्ण कारोबारमा मन्दि रहेको अवस्था नै छ । त्यसको प्रत्यक्ष असर सहकारी लगायत वित्तिय क्षेत्रमा परेको छ । सहकारीको आफनो एक सिदृान्त प्राय ः सबै तिर उस्तै रहेको पाईन्छ, त्यो हो तरलता राख्ने । कुल बचतमा रहेको रकमको १५ देखि २५% प्रतिशत सम्मको रकम नगद, बैंक राख्ने अन्य रकम विभिन्न क्षेत्रमा लगानी गर्ने । यसरी लगानी गर्दा सोही व्यापार , व्यवसाय लगायतमा रहेको अवस्था छ भने सोही सदस्यको व्यापार ,व्यवसाय छैन या भनौं न्युन व्यापार कारोबार छ । यस कुरालाई केहि समय यहि रोक्दै तरलता विषयमा निरन्तरता दिए ।
यसरी संस्थाले राखेको तरलता अनुकुल अवस्थामा एकदम सहि बन्नेछ । नगद प्रवाह निरन्तर एक बाट अर्काे , अर्काे बाट अन्यत्र हुदै फेरी सहकारीमा नै चलायमन सुत्रमा सहकारीले राख्ने रकम नगद बैंक ठिक हो । हालको अवस्था भनेको नगद प्रवाह नहुनु , व्यापार व्यवसायमा मन्दि रहनु , आयातमा वृद्दि , निर्यातमा शुन्य रहनु ,नेपाली मुद्रा बिदेसिनु तथा अधिकांस युवा बिदेश पलायन रहनु जस्ता अवस्था भएकोले आर्थिक मन्दि शिर्जना भई विशेष गरी मध्यम र सो भन्दा तल्लो वर्गमा प्रत्यक्ष असर परेको छ । अर्काे कुरा यहि वर्ग नै प्रत्यक्ष रुपमा सहकारीमा आवदृ रहेका छन ।अर्काे कुरा अब सहकारीले आफनो मुल्य मान्यता अनुरुप राखेको तरल रकमले सबै सदस्यको आवस्यकता पुरा गर्न सक्दैन । लगानी गरेको सदस्यको व्यापार व्यवसाय भएको छैन ,अथवा सर्त अनुसारको संस्थामा भुक्तानी गर्ने अवधि रहेको नै होला तर बचत माग्न आउने सदस्यको गति तिव्र भयो भने बचत रकम राख्न सक्ने अवस्था नभएमा संस्थामा भएको तरल प्रतिशत ले पुग्दैन ।
हाल यहि अवस्था सिर्जना भएको छ । प्रकृतिको नियम नै छ कि प्रत्येक १०÷१० बर्षमा कुनै परिवर्तन प्रकृतिमा आउँछ । तर आर्थिक कुरामा जुनै बेलामा परिवर्तन हुन सक्छ ।सहकारी संस्थामा एउटा मा आएको समस्यले हाल सबै जसोमा एकै नाशले परेको देखिन्छ त्यो पनि प्रत्यक्ष रुपमा । ठुला, राम्रा, धेरै भनिएका बाट सुरु भएको समस्या हाल एकल र राम्रा सहकारीमा पनि देखा परेका छन । यसो हुनुमा ३ प्रमुख कारणहरु भनि सके ः १) संस्था संचालकको कमी कम्जोरी २) कर्मचारीहरुको व्यवस्थापन पक्ष ३) सदस्या वर्गमा सहि सुचना नहुनुमा
यस बारे मैले यस माथि नै भनिसकेको छु । तरलता व्यवस्थापन गरेको संस्थामा पनि अन्य अर्काे संस्थाको कारण आर्थिक संकटको चपेटामा पर्दै गएको छ । यसो हुनुमा सदस्य वर्गमा सहि सुचना नहुनु प्रमुख कारण हो भन्नेमा मेरो दुईमत छैन । यस आर्थिक मन्दिको अवस्थामा हामी सहकारी कर्मी एक भई लाग्नु नै राम्रो हो । सहकारी मा एकरुपता नरहेको, व्यक्तिगत स्वार्थ हावी रहेको, सहि अर्थमा सहकारीको मुल्य मान्यता थाहा नहुनु पनि प्रमुख कारण हो आजको परिस्थिती खडा हुनुमा । तर सबै समस्या समाधान लिएर नै आएका हुन्छन । मेरो विचारमा पनि यस मन्दिबाट सहकारी जोगाउन सहकारी कर्मीहरुले निम्न कुराहरुमा मध्यनजर गरेमा सहकारीको भविश्य राम्रो रहनेछ । यसलाई सदस्यले पनि सहि रुपमा मनन गरिएको खण्डमा मात्र संभब रहनेछ ।
१) सदस्यलाई संस्थाको बारेमा हालको सहि सुचना दिनु । २) सदस्यहरु संयमित भइ कारोवारलाई निरन्तरता दिनु । ३) समस्यारत सहकारीको स्पष्ट सूचना दिनु । सो समस्यामा पर्नुको मुख्य कारण पनि सदस्यमा जानकारी गराउनु । ४) सदस्यले सबै सहकारी लाई एकै नजरमा नर्हेनु । ५) संस्थाले कर्जा असुली तथा शेयर वृद्दिमा जोड दिनु । ६) सबै कुराको जवाफदेहिता संस्था रहनु । कुनै एक व्यक्ति मात्र निहित नरहनु । ७) संस्थाको बचत रकम र शेयरलाई सार्वजनिक गर्दा कर्जाको अवस्था पनि जानकारी गराउनु । कतिपय अवस्थामा सदस्यहरुको सहयोगले पनि कर्जा असुलीमा सहजता प्राप्त गर्न सकिने छ । यसरी यस कुराहरुको सहज रुपमा मन गरि अघि बढेमा भविष्यमा पनि जति आर्थिक मन्दि आएता पनि संस्थाको कारोबार अझ भनौं तरलतामा कुनै प्रकारको समस्या नआउने मेरो बुझाई रहेको छ ।
अन्त्यमा, सहकारी देशको आर्थिक क्षेत्रको समग्रको लगभग १२–१५% प्रतिशत योगदान दिएको क्षेत्र हो ।यसरी योगदान दिएको क्षेत्रको सहकारी तवरबबाट कुनै पनि किसिमको सुरक्षा, व्यवस्था, नियम्मन, संरक्षण तथा संर्वधन नगर्नुमा दोषि को भन्ने प्रश्न तेस्र्याउँछ । किनकी आर्थिक क्षेत्रमा उल्लेख्य योगदान दिएता पनि त्यसलाई प्राथमिकतामा नराख्नु त सहकारी कमजोरी हो भन्ने मेरो बुझाई छ । बार्षिक रुपमा तिर्नु पर्ने कर तिरेको राज्यलाई बुझाउनु पर्ने शुल्क तिरेर दर्ता लिए पछि पनि किन अवमुल्य हुदै गएको भन्ने प्रश्न मेरो मनमा हाल सम्म पनि छ ।
त्यस्तै गरि संस्थाले गर्ने वार्षिक साधारण सभामा पाईने सुविधा, भोज भतेर तथा मदिरा समेतको कार्यक्रममा सहभागि सदस्य देखेर मलाई उद्देक लाग्छ । सो कार्यक्रमको प्रमुख उद्देश्य प्रत्येक दिन महिनाको सबै सदस्यमा कारोबार दिन असम्भव भएकोले सो दिन तय गरि कार्यक्रम गरिएको हुन्छ । सदस्यहरु पनि बिना भोज भतेर तथा सुविधा विना कार्यक्रममा सहभागि न्युन रहेको मेरो अनुभव छ । यसो हुनु हुदैन । सदस्यहरुको सहभागिताले नै सभा सफल हुने हो न की भोज भतेर वा अन्य सुविधाले यसलाई सदस्यहरुले सहि रुपमा लिन सकेमा र संघ संस्थाले यर्थाथ रुपमा आफु रहेमा सहकारीको भविश्य राम्रो छ ।
हालको अवस्थामा सदस्यहरुले पनि भ्रामक विचार, मनस्थिति, सबै एउटै हुन जस्ता सोच राखेमा कुनै पनि संघ संस्था रहने छैन । बैक सम्म पहुँच नभएकाले कसरी व्यापार, व्यवसाय बढाउने र दैनिक रुपमा तपाईको बचत तथा रकम संकलन कस्ले गर्छ ? तपाई लाई समस्या पर्दा छिटै सहजिकरण कस्ले गरिदिन्छ ? प्रत्येक व्यक्तिले नगद प्रवाह कसरी गर्न सक्छ जस्ता यावत कुराहरुमा पनि ध्यान दिने की ! संस्था संचालकले पनि बचत रहेको सदस्यको रकमलाई आपmनो आम्दानी नसोच्ने हो की, जसरी सदस्य संग बचत लिएको छ भविश्यमा त्यसरी नै व्याज समेत फिर्ता दिन पर्छ भनेर सोच्ने की, आफनो मनोमानी कर्जा लगानी नगर्ने नगराउने की, संस्थागत स्वार्थ मात्र राखेर संस्था संचालन गर्ने की, सदस्यले पनि सहकारी संस्था चोर, ठग, जस्ता संज्ञा नदिने की, यसो गरेमा मात्र परिवर्तन र सोच देखा पर्दै जानेछ । हैन भने “कागले कान लग्यो’’ भन्ने कान छाम्नु छैन कागको पछि लाग्दै काम नगर्नु र नगराउनुमा नै हामी सबैको भलोको विषय रहनेछ । यस लेख कसै प्रति आग्रह पूर्वाग्रह नरहेको तथा कसैलाई असर परेमा क्षमा प्रार्थि माग्दै लेखलाई यहि टुंग्याउने निणर्य गरे । जय सहकारी ! ! !
भास्कर घिमिरे (सचिव) परिजात बचत तथा ऋण सहकारी संस्था लि.