सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार
581
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेलले जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।
तर नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आइनसकेकाले जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।
जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएको उल्लेख गरिएको छ ।