नागरिक पोष्ट News


गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको दिलराजा गीतको भिडियो रिलिज (भिडियो)

1K

काठमाडौँ – गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

 भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ ।  गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुव्रत आचार्य अतिथि कलाकारको रुपमा छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो 

Must View