नागरिक पोष्ट News


अर्थ सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालकको शपथ लिए

700

काठमाडौं - अर्थ सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालकको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यमा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

Must View