नागरिक पोष्ट News


यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

728

फाइल फोटो

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

यस्तै कन्य च्याउ प्रतिकेजी १६० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ रहेको छ । यस्तैगरि तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

राजमा घिउ सिमी ९०, तिते करेला १०० रुपैयाँ, प्याज हरियो ६० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी १०० रुपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

Must View