नागरिक पोष्ट News


जितुले लिए ‘छक्का पञ्जा’ टिमबाट निकालिनुको दोष

826

काठमाण्डौँ - राजनीति र फिल्ममा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । कुममा कुम जोडेर हिँडेकाहरु कतिबेला शत्रु बन्न पुग्छन् र शत्रुता पालेर बसेकाहरु कतिबेला कुममा कुम जोड्न पुग्छन्, अत्तोपत्तो हुँदैन । यसको उदाहरण ‘छक्का पञ्जा’ टिमभन्दा गतिलो अरु के हुनसक्छ होला र रु कुनै बेला दीपकराज गिरी र दीपाश्री निरौलासँग कुम जोडेर हिँडेकाहरु क्रमशः लाखापाखा हुँदैछन् ।

हाँस्य टेलिश्रृंखलाको क्रेज खस्किँदै जान थालेपछि दीपक(दीपाले जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल जस्ता कलाकारलाई लिएर ‘६ एकान ६’बाट फिल्म निर्माण सुरु गरेका थिए । ‘वडा नम्बर ६’सम्म आइपुग्दा यो टिमसँग सितारामको सहकार्यको गाँठो नै चुँडियो । त्यस्तै, ‘छक्का पञ्जा’को तीन सिरिज र फिल्म ‘६ माया छपक्कै’पछि जितुसँगको सहकार्यमा पनि पूर्णविराम लागेको छ ।

दीपक(दीपाले जितु विना नै ‘छक्का पञ्जा’को चौंथो सिरिज निर्माण गरेका छन् । यो फिल्ममा जितु नअटाइनुको कारण दुई पक्षले जे जस्ता बचाउ अभिव्यक्ति दिए पनि वास्तविकता भने पालोको पैंचोको नै हो । जितुले आफ्नो कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई महानायक विवादका कारण विदा गरेपछि ‘छक्का पञ्जा’ समुहबाट उनको पनि विदाई भएको हो ।  

‘छक्का पञ्जा’ समुहबाट अलगिएपछि जितु स्वतन्त्र पन्छी भएका छन् । दीपक(दीपा समुहमा बाँधिएर बस्दा उनले बाहिरी ब्यानरका प्रोजेक्ट अनुमति विना काम गर्न पाउँदैन थिए । यो समुहबाट अलग हुनसाथ उनले बाहिरी ब्यानरको फिल्म ‘ह्यारी कि प्यारी’मा अभिनय गरे, जुन माघ २० गते प्रदर्शन हुँदैछ । यो फिल्म सफल भए उनलाई दीपक(दीपा समुहको छहारी जरुरत नपर्न सक्छ ।

दीपक(दीपाको समुहबाट अलग हुनु र शो पनि बन्द भएपछि जितु डिप्रेसनमा पुगेको हल्ला चलेको थियो । हालै एक अन्तर्वार्तामा उनले डिप्रेसनमा नपुगेको तर नमज्जा भने लागेको बताएका छन् । ‘दीपकराज दाई, केदार दाई, दीपाश्री दिदीसँग कुरा नगरी मेरो दिन नै सुरु हुँदैन थियो । हामी त श्रीमान्(श्रीमती जस्तै भैसकेका रहेछौं । छुट्टिँदा नमज्जा चाहिँ लागेको थियो,’ उनले भनेका छन् ।

‘छक्का पञ्जा’ समुहबाट आफूलाई फ्याक्ने वातावरण आफ्नै कारण बनेको स्वीकार गर्दै उनले भनेका छन्, ‘दीपा दिदीलाई हटाएर शोमा करिश्मा दिदी ल्याएपछि मेरो एउटा गल्ती देखियो । शोको टिमले नै दीपा दिदीको ठाउँमा करिश्मा दिदी राख्ने निर्णय गरेको थियो । तर, दोष चाहिँ मेरो मात्र देखिन पुग्यो ।’ उनले दीपकराज, दीपाश्री र केदारसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएका छन् ।

दीपक(दीपाको टिमबाट अलग हुँदा आफूलाई बेफाइदा नभएको उनको तर्क छ । आफूहरुबीच व्यक्तिगत वैमनस्यता नरहेको र अहिले सम्बन्ध सन्तुलित रहेको उनले बताएका छन् । भोलिका दिनमा फिल्ममा सहकार्य हुन सक्ने पनि उनले संकेत गरेका छन् । जितु फिल्म ‘ह्यारी कि प्यारी’ प्रदर्शन भएपछि बन्द रहेको कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ पुनः ब्यूँत्याउने तयारीमा जुटेका छन् ।

Must View