नागरिक पोष्ट News


महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त

1.1K

काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको बताइएको छ ।उनलाई महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि,

लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा सदस्य बनाइएको हो ।उनलाई सदस्य बनाएसँगै कतै विरोध पनि सुरु गरिएको छ । एक दशकदेखि फिल्म करिअरमा व्यस्त पूजाले फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।

बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो । यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । पछिल्लो समय प्रेमी युद्ध बानियसँग प्रेममा रहेकी उनले खुलेर युद्धको तारिफ समेत गर्न थालेकी छन् ।

Must View