२ हजार बिन्दु नाघ्यो शेयर बजार, २ अर्ब ८६ करोडको कारोबार
882
काठमाडौं - ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६।८८ अंकले वृद्धि हुँदा २०२९।०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।
बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक ५।३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४।९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको छ ।