चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ सबभेरिएन्ट भारतमा पनि देखियो
693
काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्।
पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा कोरोनाको सबभेरिएन्ट बीएफ.७को संक्रमण तीव्रगतिमा फैलिरहेको छ। भारतमा पनि यो सबभेरियन्टबाट ४ जना संक्रमित फेला परेपछि त्यहाँको केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीका बारेमा जानकारी लिन उच्चस्तरीय बैठक डाकेका छन्।