सपथग्रहणमा राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन
798
काठमाडौँ - नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ ।
एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।