नागरिक पोष्ट News


२६ सांसदले मातृभाषामा सपथ लिँदै, कसले कुन भाषामा लिँदैछन्, सपथ ?

826

काठमाडौं - प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

आ दिउँसो १ बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् ।

शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आज सपथ लिने सांसदहरुमध्ये २६ जनाले मातृभाषामा सपथ लिने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३र३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एकरएक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् । यस्तै माओवादी केन्द्रका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद असिम शाहले नेपाली रमुस्लिम भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । ईश्वरको ठाउँमा अल्लाह राख्ने गरी उनले शपथ लिने जनाइएको छ । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछन् ।

थारु भाषामा शपथ लिने गरी ६ जनाले निवेदन दिएका छन् । राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिनेछन् ।

यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त ९सीके० राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिने बताएका छन् । मधेशी भाषा भन्नाले मधेशमा बोलिने भाषामध्ये जुनसुकै हुने उनीहरुको तर्क छ ।

कसले कुन भाषामा लिँदैछ शपथ रु

सराज अहमद फारुकी स् उर्दु भाषा

हितबहादुर तामाङ स् तामाङ भाषा

सूर्यमान तामाङ दोङ स् तामाङ भाषा

मिना तामाङ स् तामाङ भाषा

प्रदीप यादव स् भोजपुरी भाषा

रुपा सोसी चौधरी स् थारु भाषा

दुर्गा राई स् कोइरकोयू भाषा

रामसहाय प्रसाद यादव स् भोजपुरी भाषा

रन्जु कुमारी झा स् मैथली भाषा

कान्तिका सेजुवाल स् नेपाली खस भाषा

अरुण कुमार चौधरी स् थारु भाषा

गंगाराम चौधरी डगौरा स् थारु भाषा

लालवीर चौधरी स् थारु भाषा

विनिता कुमारी सिंह स् मधेसी भाषा

चन्द्रकान्त राउत स् मधेसी भाषा

अनिता देवी स् मधेसी भाषा

सोनु मुर्मु स् सन्याली सुमना श्रेष्ठ स् नेपाल भाषा

मनिष झा स् मैथली भाषा

लक्ष्मी तिवारी स् अवधि भाषा

अशोक कुमार चौधरी स् थारु भाषा

असिम साह स् नेपालीरमुस्लिम भाषा

महिन्द्रराय यादव स् हिन्दी भाषा

उमरादेवी यादव स् भोजपुरी भाषा

किरण कुमार साह स् संस्कृत भाषा

Must View