नागरिक पोष्ट News


नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघद्वारा बाग्मती प्रदेश सभासदस्य लक्ष्मी घिमिरेलाई सम्मान

637

काठमाडौं - नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघको स्थापना वि।स।२०६६ सालमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुद्वारा काठमाडौंमा स्थापना गरिएको एक गैर सरकारी संस्था हो।

यस संस्थाले स्थापना काल देखि नै मेरुदण्ड पक्षघात तथा ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरुको मनोवल उच्च राख्ने, निरासापन हटाउने, आत्मबल बढाउने तथा खेलकुदको विकास गर्ने उदेश्यले ह्वीलचियर बास्केटबल, पौडी, टेबुल टेनिस लगायतका खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ।

यस संस्था मार्फत मेरुदण्ड पक्षघात अपाङ्गता भएका तथा हवीलचियर प्रयोगकर्ता अपाङ्गता खेलाडीहरु तथा क्यापटेनहरु उत्पादन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय हवीलचियर बास्केटबल, पौडी प्रतियोगिता तथा भारोत्तलोन लगायतका खेलमा सहभागीता जनाएको छ।

यस्तै उत्पादीत खेलाडीहरु मध्ये रामेछाप जिल्ला गोकुलगंगा गाँउपालिका वडा नं ४ की लक्ष्मी घिमिरे पनि एक हुन। वि।स २०६६ सालमा घाँस काट्ने क्रममा भिरबाट लडेर मेरुदण्ड पक्षघात भइ शारीरिक अपाङ्गता भएकी लक्ष्मी घिमिरे वि।सं।२०६८ सालमा यस नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघमा आवद् हुनु भयो र बास्केटबल तथा अन्य खेलकुद प्रतियोगीताहरुमा सक्रिय सहभागी हुदै आएकी छन।

मेरुदण्ड पक्षघात भए पछि कम्बर देखि तलको भाग नचल्ने हुदा उनी हवीलचियरको प्रयोग गर्छिन।

कक्षा १२ को अध्ययन पुरा गरे पछि आर्मीको सेकेण्ड लेफ्टिनेन्टमा भिड्ने उनको सपना थियो। यो सपना १५ वर्षको उमेरमा दुर्घटनाको कारण पुरा हुन नसके पछि उनले ह्वीलचियर बास्केटबल तथा भारोत्तोलन लगायतका खेलकुदहरुलाई निरन्तरता दिदै राजनीतिक क्षेत्रमा प्रवेश गरिन।

वि।स।२०७४ सालमा रविन्द्र मिश्रले खोलेका साझा पाटीमा कर्मचारीको रुपमा कार्यरत मेरुदण्ड पक्षघात अपाङ्गता भएकी लक्ष्मी घिमिरेले उक्त पाटीको केन्द्रिय सदस्य हुदै त्यहाँको युवा संगठनमा पनि प्रवेश पाउनुका साथै सदस्यता व्यवस्थापन विभागको प्रमुख भएर काम गर्ने अवसर पनि पाईन।

तर पाटीको आन्तरिक विवादको कारणले गत बैशाखमा भएको स्थानीय निर्वाचनमा साझा पाटीले राम्रो नतिजा ल्याउन नसके पछि रविन्द्र मिश्रले राजीनमा दिए र उनी सहित ४० जना सदस्यहरु राष्ट्रिय प्रजातन्त्र पाटीमा प्रवेश गर्नु भयो जसमा लक्ष्मी घिमिरे पनि थिइन।

गत मंसिर ४ गते देशै भरी प्रदेश सभा तथा राष्ट्रिय सभा सम्पन्न भयो। प्रतिनिधि तथा प्रदेश सभाका सांसदको नामावली सार्वजनिक हुदा प्रतिनिधि सभा तर्फ ११० जना र प्रदेश सभा तर्फ २२० गरी ३३० जना समानपातिक सांसद बनेका छन्।

प्रदेश सभा तर्फ २२० जना समानुपातिक सांसद मध्ये राष्ट्रिय प्रजातन्त्र पाटीलेले बाग्मती प्रदेश सभा सदस्यका रुपमा मेरुदण्ड पक्षघात अपाङ्गता भएकी ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएकी महिला लक्ष्मी घिमिरेलाई मनोनित गर्यो। लक्ष्मी घिमिरे बाग्मती प्रदेश भित्र अपाङ्गता भएको एक मात्र सांसद हुन।

यी नै राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट बाग्मती प्रदेश सभा सदस्य चयन हुनु भएकी लक्ष्मी घिमिरेलाई नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघका अध्यक्ष देवी आचार्य लगायतले सम्मान गर्दै उनको सफल कार्यकालको शुभकामना सहित बधाई दिदै क्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघकी अध्यक्ष देवी आचार्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका साथै मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका अति आवश्यक सवालहरु र खेलकुदका सवालहरुलाइ प्राथामिकताका साथ सम्बन्धीत निकाय सम्म पुर्याउनका लागि आग्रह गर्दै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिन।

त्यसै गरी यसै संस्थाकी संस्थाकी सचिव जेनिशा कठायतले नीति नियम निर्माणका क्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्न र सबै निकायहरु अपाङ्गता मैत्री बनाउनका लागि आवाज उठाउनु हुन आग्रह गर्दै सफल कार्यकालको शुभकामना सहित बधाई दिइन।

यस कार्यक्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघका ह्वीलचियर बास्केटबलका कोच विजय लामाले सम्बन्धीत निकायमा अपाङ्गता भएका व्यक्तिहरुका खेलकुदका सवालहरुलाई पनि प्राथामिकताका साथ उठाउन आग्रह गर्दै हार्दिक बधाई दिएकी थिइन।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा यसै संस्थाकी खेलाडी र नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पाटीकी बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले सबै जनाताहरु, अपाङ्गता भएका व्यक्ति, अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा राष्ट्रिय प्रजातन्त्र पाटीको साथ र सहयोगले आज प्रदेश सभा सदस्य हुने अवसर मिलेकोमा सबैलाई ह्दयदेखि धन्यवाद दिदै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई, आवाजहरुलाई बुलन्द रुपमा उठाउने, नीति नियम तथा निर्देशिका निर्माणका क्रममा अपाङ्गताका सवालहरु समावेश गर्नको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताइन।

साथै उनले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, रोजगार, पहुँचयुक्त संरचना, शिक्षा, अपाङ्गता भएका खेलाडीहरुको खेलकुदको विकास लगायतका सवालमा आवाज उठाउने प्रतिवद्ता पनि व्यक्त गरिन।

Must View