नागरिक पोष्ट News


डोटीका भूकम्प पीडितका लागि काठमाडौं महानगरको १० लाख सहयोग

588

काठमाडौं । डोटीका भूकम्प पीडितका लागि काठमाडौं महानगरको १० लाख सहयोग गरेको छ । डोटीमा कार्तिक २३ गते आएको ६।६ रेक्टर स्केलको भुकम्पले ३८ सय घर–टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्याङ्क छ । डोटीको एउटा गाउँपालिकाले आर्थिक सहयोगका लागि काठमाडौं महानगरलाई अनुरोध गरेपछि महानगरको विपद व्यवस्थापन शिर्षकबाट १० लाख रकम हस्तान्तरण गरेको नगर प्रमुख बालेन शाहले बताएका छन् ।

आज फेसबुक पेजमा बालेन शाहले एउटा पोस्ट गर्दै लेखेका छन् – नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाण्डौमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ । काठमाण्डौमा अनाधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्किदा समाचार बन्ने बिषय सम्म मानिदैन ।

डोटीमा कार्तिक २३ मा आएको ६।६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छे घाइते भएको छ । चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ, अब हिउँ पर्न सुरु हुन्छ । जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न बेर लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिक रुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।

डोटीका भुकम्प पिडितका लागि सहयोगको अनुरोध काठमाण्डौ महानगरमा पनि आएको थियो । महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ । यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन् । यसैले राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसदज्युहरु, सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पिडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।

Must View