नागरिक पोष्ट News


व्यवासायीलाई व्यवसाय दर्ता गरि सञ्चालन गर्न वडा अध्यक्ष श्यामकृष्ण महर्जनको अनुरोध

847

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं। ९ मा आजदेखि बजार अनुगमन सुरु भएको छ । वडाभित्र सञ्चालन भएका व्यवसाय, पसल तथा होटलहरुले आफ्नो वडा कार्यालयमा दर्ता गरेको नगरेको विषयमा वडाअध्यक्षसहितको टोलीले अनुगमन गरेको छ ।

आजको अनुगमन कार्यक्रममा वडाअध्यक्ष श्यामकृष्ण महर्जन, वडा सदस्य श्यामकृष्ण महर्जन, नगर प्रहरि प्रमुखसहितको टोलीले पसलहरुले वडामा दर्ता नगरी सञ्चालन गरेकाहरुलाई तत्कालै वडामा आई दर्ता गर्न अनुरोध गरेको छ ।

त्यस्तै अनुगमन समितिले वडाभित्र विभिन्न स्थानमा भएका अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न सुरु गरेको छ । मुख्य सडकहरुमा जथाभावी गाडी पार्किङ गर्नेहरुमाथि वडाले एक–दुईपटक अनुरोध गर्ने तर नमानेको खण्डमा कारवाहीका लागि सिफारिस गर्ने तयारी समेत गरेको छ । त्यस्तै अनुगमन समितिले खाद्यान्न पसलहरुको निरिक्षण गरी खाद्य सामाग्रीको मुल्य र प्याकेजिक मितिबारे पनि चासो लिएका थिए ।

आगामी दिनमा सबै स्थानहरुको अनुगमन गर्ने भएकाले आज पहिलो दिन वडा कार्यालय क्षेत्रको अनुगमन गरिएको वडा अध्यक्ष श्यामकृष्ण महर्जनले बताएका छन् ।

Must View