नागरिक पोष्ट News


रिहानकी आमालाई लिन वर्षा इटानी एयरपोर्टमा पुगेपछि लुकेन उनीहरुको प्रेम

1K

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बाहिरिएपनि रिहान गिरी र वर्षा इटानी प्रेममा रहेको उनीहरुका फ्यानलाई भनिरहनु पर्दैन । चर्चा कमाएका वर्षा इटानी र रिहान गिरीले प्रेमलाई अस्विकार गर्दै आएता पनि यी दुवै जना मंगलबार दिउँसो एयरपोर्टमा संगै देखिए ।

अफेयरको चर्चाबीच यो जोडी मंगलबार एयरपोर्टमा सँगै देखिएपछि उनीहरु प्रेममा रहेको झलंग नै भयो । विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले ‘रिलेसनसिप’बारे प्रश्न गरे पनि उनीहरुले सधै झै आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए ।

खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागि हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए । उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् ।

उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखे लगत्तै रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफूलाई खुशि र गर्व महसुस हुने बताउँदा उृनीहरु सबैको मुहारमा खुशी झल्कियो ।

वर्षा र रिहानतर्फ हेर्दै उनले भनिन्, दुवैको चाहना भए मेरो तर्फबाट ओके । आमाले अनुमती दिएपछि त्यहाँ बोलीरहनुपर्ने केही नै रहेन । वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुशि भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् ।

Must View