सेयर बजारमा ५.८९ अंकको गिरावट
काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५।८९ अंकले ओरालो लागेर १८६७।२२ विन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार सेयर बजार १४।२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको सेयर किनबेच भएको छ ।
यस्तै, एनआइसि एसियो बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशील लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
आज १३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०।२७ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जनाएको छ ।