नेपाली समर्थकलाई पनि दिए मेस्सीले धन्यवाद !
निर्विवाद सर्वकालीन महान् फुटबलर लियोनल मेस्सीले नेपाली समर्थकलाई हार्दिक बधाई दिएका छन् । विश्वकप फुटबलको उपाधि जितेसँगै खुशियाली मनाउदै नेपाली समर्थकलाई लियोनल मेस्सीले बधाई सुनाइदिनु भनेको रंगशाला क्याप्टेरियामा काम गर्ने नेपाली कामदार दिपक भटराईले बताएका छन् ।
सो अबसरमा नेपालमा अर्जेन्टिना र मेस्सिको धेरै नै समर्थक रहेको आफुले थाहा पाएको मेस्सीले उनलाई भनेको पनि जानकारी दिए । उनि बिगत पाच वर्ष देखि कतारमा कामदारको रुपमा कार्यरत छन । लियोनल मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन्। विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो।
मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ।
मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन्। मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्।
सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए। ओलम्पिक फुटबलमा यू(२३ राष्ट्रिय टोली सहभागी हुने भएकाले त्यसले मेस्सी महानताको बहसमा खासै अर्थ राखेको थिएन।
सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमाजर्मनीसँग पराजित भएको थियो। लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए।
आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए।
गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए। अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो। तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो।
यो विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै साउदी अरबसँग पराजित भएपछि दबाबमा आएको थियो। तर दोस्रो खेलबाट अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेन। नेदरल्यान्ड्सलाई क्वाटर फाइनलमा टाई ब्रेकरमा हराएको अर्जेन्टिनाले फाइनल जित्न पनि साबिक विजेता फ्रान्सविरुद्ध टाई ब्रेकरसम्मै पुग्नु पर्यो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो। अन्तिम पटक अर्जेन्टिनालाई यस्तो सफलता डिएगो म्याराडोनाले दिलाएका थिए।