मलेसियामा भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु
490
तस्वीर( न्यू स्ट्रेट्स टाइम्स मलेसिया
काठमाडौँ - मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । बाढीका कारण अरु ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् ।
सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् । केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् ।