नागरिक पोष्ट News


आन्तरिक पर्यटकको रोजाईमा मानेडाँडा झण्डापार्क

861

काठमाडौं - राष्ट्रीय झण्डा दिवसको नेपालको तेस्रो ठूलो झण्डा पार्कमा तारकेश्वर २ स्थित मानेडाँडा (देविस्थान) गई फोटो खिच्नेहरुको भिड लागेको छ ।  तारकेश्वर नगर पालिकाको गौरवको योजना अन्तर्गत रहेको राष्ट्रिय झण्डा पार्क स्थानीय सरकारको पहिलो कार्यकालमा सुरु भएको योजनाले अहिले तारकेश्वरको एउटा सम्पत्तिको रूपमा विकास हुँदै गएको छ ।

यस पार्क निर्माणले तारकेश्वरको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आफुले वडाको सानो बजेट र स्थानीयहरुको सहयोगबाट झण्डा पार्क निर्माण गरिएको तानपा–२ का निवर्तमान वडाअध्यक्ष रविन्द्र केसीले बताउनुभयो ।

सुरुमा तारकेश्वर–२ को २ लाख ५० हजार बजेट र स्थानीयको ५ लाख सहयोग गरी ७ लाख ५० हजारमा झण्डा पार्कको सुरुवात गरिएको थियो । तत्कालिन अवस्थामा पूर्व शहरि विकास राज्य मन्त्री रामविर मानन्धरबाट झण्डा पार्कको समुदघाटन गरिएको थियो ।

त्यसपछि वडा अध्यक्ष रविन्द्र केसीले सो क्षेत्रको समग्र विकासको डिपिआर तयार गरी तारकेश्वर नगरपालिका, पर्यटन बोर्ड, बन विभाग र पर्यटन मन्त्रालय आदि ठाउँमा डिपिआर पेस गर्नुभएको थियो ।

तत्कालिन अवस्थामा डिपिआर पाउने वित्तिकै तारकेश्वर नगरपालिकाको कार्यपालिकाको बैठकबाट ५० लाख बजेट विनियोजन भई ढुंगाको छिँडी निर्माण सुरु भएको थियो । पैदलयात्राबाट झण्डापार्क जानका लागि शान्तिधामबाट व्यवस्थित ढुंगाको छिँडी निर्माण र स्टिलको रेलिङ राखिएको छ । त्यस्तै ढुंगाकै सिँढी निर्माणका लागि बागमती प्रदेश सरकारबाट दुईपटक गरी ३५ लाख बजेट बिनियोजन भई काम भएको थियो ।

त्यस्तै तत्कालिन समयका काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरलाई छोएका नगरपालिकाको पर्यटन क्षेत्रको विकासका लागि १–१ करोड रकम सहयोग गरेका थिए । सोही कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिकामा आएको १ करोड रकमबाट झण्डा पार्कमा ढुंगाको वाल, बाटो निर्माण र सिँढी निर्माणका लागि खर्च गरिएको थियो ।  करिव ७०० मिटर ढुंगाको सिँढी र स्टिल रेलिङ निर्माणको कार्य अहिले करिव ५०० मिटर सम्पन्न भइसकेको छ ।

त्यस्तै बन विभागको कार्यालयबाट १५ लाख र बागमती प्रदेश सरकारबाट थप ७० लाखमा पार्क निर्माण भएको हो । सो पार्क निर्माणका लागि व्यवसायिहरुबाट केही निर्माण सामाग्री र आर्थिक सहयोग समेत प्राप्त भएको निवर्तमान वडाअध्यक्ष रविन्द्र केसीले बताएका छन् ।

बृहत राष्ट्रिय झण्डा पार्कको लागि तयार पारिएको डिपिआरमा २७ करोड लगानीमा शान्तिधामदेखिको मानेडाँडासम्मको सडकलाई पक्की सडक बनाउने, पिकनिक स्पोर्टहरु र हरियाली पार्क बनाउने र बाँकी रहेको छिँडी निर्माणलाई पुरा गरी तारकेश्वर नगरपालिकाको एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चिनाउन सकिनेछ । बृहत झण्डा पार्कको बाँकी कार्यलाई अघि बढाउन नयाँ निर्वाचित स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ । अहिलेसम्म राष्ट्रिय झण्डा पार्कमा २ करोड ७७ लाख ५० हजारभन्दा बढिको काम भइसकेको छ ।

तारकेश्वर नगरपालिकाका तत्कालिन इन्जिनियर कञ्चन भट्टको टिमले वडाले बनाएको डिपिआरलाई गहन अध्ययन गरि तल्कालिन समयमा २७ करोडको कार्यमध्ये निकै कम बजेट ९२।५ करोड करिव ९।५ प्रतिशत० व्यवस्थापनबाट गराइएका कार्यबाट नै मानेडाँडा झन्डा पार्कले चर्चा पाउनु पनि कुशल इन्जिनियरिङ ब्यवस्थापनको नमुना हो ।

जम्मा ९।५ प्रतिशत बजेटबाट नै यस बृहत् योजनालाई दिगो र सम्भावना बोकेको योजना स्वरुप स्थापित गर्नु पनि कम्ति चुनौतीपूर्ण थियन । वडा अध्यक्ष र स्थानीयबिच छलफल चलाउँदै यस योजनाका कार्यहरुको प्राथमिकतामा राखी निर्माण गर्न इन्जिनियर कन्चन भट्ट, सव– इन्जिनियर पंख बहादुर शाही निरन्तर फिल्डमा खटिएका थिए।

मानेडाँडा राष्ट्रिय झण्डा पार्क जानका लागि काठमाडौंको बालाजु बाइपासहुँदै नेपालटारहुँदै जरंखु पुल तरेर काभ्रेस्थली सडकहुँदै शान्तिधामहुँदै देविस्थानस्थित मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ । बालाजु बाइपासबाट गाडीमा करिव ९ किलोमिटर दुरिमा मानेडाँडा झण्डापार्क पुग्न सकिन्छ । यस पार्क जाँदा बीच सडकमा बृहत शान्तिधामको दर्शन र सिम्लेश्वर मन्दिरको समेत दर्शन गर्न सकिन्छ । मानेडाँडा झण्डा पार्कबाट काठमाडौं उत्यकालाई सजिलै नियाल्न सकिनेछ । त्यस्तै शिवपुरी निकुञ्जको फेदी भएकाले तारकेश्वर महादेवको मन्दिरजान पनि त्यहिँबाट जंगलको बाटो हुँदै जान सकिनेछ ।

यस झण्डा पार्कबाट मनोरम हिमालको दृष्यको अवलोकन गर्नुका साथै नुवाकोट जिल्ला जोड्ने छोटो बाटो समेत यस स्थानबाट नजिक पर्दछ । यस झन्डा पार्कलाई नेपालकै महत्वपूर्ण राष्ट्रिय झन्डा पार्क बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । विद्यार्थीहरुका लागी अध्ययन, अनुसन्धान र अवलोकन गराउन मिल्ने सङ्ग्रहालय समेत बनाउन सकिनेछ ।

मानेडाँडाबाट पर्यटकहरु जंगलको मनोरम दृश्यमा रमाउनुका साथै शहरबाट नजिकै रहेको शान्त र गाउँको झल्को दिने तामाङ बस्तीमा घुमेर रमाउन सकिनेछ घुम्न जाने र रमाइलो गरी खाना, खाजा खानेहरुका लागि रिसोर्ट रहेको छ । स–साना होमस्टेहरु निर्माण हुने तयारीमा रहेको छ ।

 

Must View