नागरिक पोष्ट News


फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक (भिडीयो सहित)

1.1K

काठमाडौं - मन्दीप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् ।

प्रेममा बदला र समर्पणको कथावस्तुलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको छ । निर्देशक मन्दीप रानाले आधुनिक युवापुस्ताको प्रेमको प्रवृत्तिलाई फिल्ममा उतारिएको बताए ।

फिल्ममा द्वन्द्व र नृत्य निर्देशन पनि रानाले गरेका छन् । फिल्मको छायांकन राहुल राई, सम्पादन नेत्र गुरुङ र अशोक आलेले छ । निर्मातामा नवीन घताने छन् । देशभक्त कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोकाको अभिनय छ ।

 

Must View