नागरिक पोष्ट News


कामपाको स्थापना दिवस : विभिन्न विधामा पुरस्कार वितरण

861

काठमाडौँ( काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ ।

स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सम्मानतर्फ महानगर सेवा गौरवबाट सात जनप्रतिनिधि र पाँच कर्मचारीलाई प्रदान गरिएको छ । जनप्रतिनिधिमा वडा १० का अध्यक्ष रामकुमार केसी, वडा १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा २१ का अध्यक्ष उदयचूडामणि बज्राचार्य र वडा ६ का वडा सदस्य नरेन्द्र थापाले प्राप्त गरे । जनप्रतिनिधिलाई पदकसहित रु एक लाख नगदसहित सम्मान गरिएको हो ।

कर्मचारीतर्फ निर्देशक बुद्धरत्न मानन्धर, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वरिष्ठ उद्यान सहायक इन्द्रलाल रेग्मी, कार्यालय सहयोगी ९नाइके० देवी नेपाली, हलुका सवारी चालक सुरेन्द्र पोडे छन्। उनीहरूलाई पदक र प्रमाण पत्र प्रदान गरिएको हो ।

उत्कृष्ट महानगर सेवा पुरस्कारतर्फ निर्देशक देवेन्द्र पोखरेल, सहायक निर्देशक सन्तु श्रेष्ठ, अधिकृत छैटौँ इन्द्रप्रसाद खनाल, नायब सुब्बा टङ्कबहादुर थापासहित १० सम्मानित भए। नगर प्रहरी हवल्दार प्रयास घिमिरे, मेकानिकल हेल्पर कुलबहादुर धलान, कार्यालय सहयोगी बलराम उपाध्याय, कुचीकार बाबुचा पोडे, हलुका सवारी चालक जयकृष्ण सुवेदी, कुचीकार जमुना पोडेनी छन् । यो पुरस्कार नगद रु ५० हजार राशिसहितको हो ।

महानगर सेवा पुरस्कार १० जनालाई प्रदान गरिएको छ । सहायक निर्देशक सोम राना, सहायक निर्देशक शारदादेवी सोती, सहायक निर्देशक जनस्वास्थ्य मञ्जु मास्के, सहायक निर्देशक छैटौँ विष्णुबहादुर पौडेल, कार्पेन्टर अधिकृत छैटौँ सुरेन्द्र शाक्य, कार्यालय सहयोगी गोमादेवी बजगाइँ, नगर प्रहरी हवल्दार मञ्जु केसी, कार्यालय सहयोगी पुरुषोत्तम महर्जन, हलुका सवारी चालक फुर्वा शेर्पा छन् । यो पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

स्व जनकमान श्रेष्ठ स्वशासन पुरस्कारमा जनप्रतिनिधितर्फ वडा २३ का अध्यक्ष मचाराजा महर्जन र वडा ११ की सदस्य यशोमती परियारलाई प्रदान गरियो । कर्मचारीतर्फ उपनिर्देशक कुमारी राई र सहायक निर्देशक सुरेशकुमार दाहाललाई प्रदान गरियो । महानगरका जननिर्वाचित पहिलो सभापति स्व जनकमान श्रेष्ठका नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

रु एक लाख नगदसहितको साधना देवी अग्रणी महिला पुरस्कारबाट वडा ९ की सदस्य श्रृजना भेटवाल, वडा १७ की सदस्य कविता दास दर्नाल, वडा १९ की सदस्य रेणुकमल शाही भारती, कार्यपालिका सदस्य कञ्चना नेपाली हरिजनलाई प्रदान गरिएको छ ।

५० हजारसहित पाँच पत्रकार पुरस्कृत

सुशासन पत्रकारिता पुरस्कारबाट आर्थिक दैनिकका सम्पादक प्रह्लाद रिजाल, कान्तिपुर हटलाइनका सम्पादक श्रृजन झा, गोरखापत्रका समाचारदाता भउचप्रसाद यादव, इ–कान्तिपुरकी रीना मोक्तान र मेरो साप्ताहिकबाट रत्नकाजी महर्जनलाई प्रदान गरिएको छ ।

उत्कृष्ट करदातामा व्यवसाय करतर्फ मेगा बैंक लिमिटेड, एकीकृत सम्पत्ति करतर्फ वडा नं २८ की भावना सिंह श्रेष्ठ, बहाल करतर्फ नारायणप्रसाद बस्ताकोटी, मनोरञ्जन करतर्फ, सेन्ट्रल सिनेमा, सिभिल मल र अनलाइन प्रणालीबाट सबैभन्दा बढी बहाल कर तिर्ने वडा नं २६ का पवनकुमार श्रेष्ठलाई घोषित गरिएको छ ।

कार्यक्रममा इन्द्रजात्रासम्बन्धी नेपाल भाषाको पुस्तक लोकार्पण गरिएको थियो ।

Must View