नागरिक पोष्ट News


तराईमा ८.५२ प्रतिशतले बढ्याे महंगी

623

काठमाडौं, १ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा ८।५२ प्रतिशत बराबरको मूल्यवृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा सात दशमलब ५६ प्रतिशत, तराईमा आठ दशमलब ५२ प्रतिशत, पहाडमा आठ दशमलब शून्य तीन प्रतिशत र हिमालमा छ दशमलब ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

विसं २०७८ कात्तिक महिनामा यी क्षेत्रमा क्रमशस् छ दशमलब १४ प्रतिशत, पाँच दशमलब ४२ प्रतिशत, सात दशमलब १४ प्रतिशत र पाँच प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गएको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलब शून्य आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलब शून्य चार प्रतिशत रहेको थियो ।

न्यिदब िदबलप समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सात दशमलब ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलब ६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५ दशमलब ९७ प्रतिशत, सूर्तीजन्य पदार्थको ११ दशमलब ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलब ३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलब १९ प्रतिशत र मदिराजन्य पेयपदार्थको आठ दशमलब ८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलब ७१ प्रतिशत, स्वास्थ्यको ११ दशमलब २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलब ७६ प्रतिशत, घरायसी उपयोगका वस्तुको आठ दशमलब ४९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको आठ दशमलब ३३ प्रतिशतले बढेको छ ।

Must View