दूरसञ्चार प्राधिकरणद्वारा ‘ब्रोडब्यान्ड’ उपलब्ध
602
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’ उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरण अन्तर्गतको मनिटरिङ र भेरिफिकेसन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी सो कोष परिचालन गरी सञ्चालित परियोजनाहमध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरु ९काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा० मा तीव्र गतिको इन्टरनेट पुर्याउनेबारे ७३ गाउँपालिका(नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।