नागरिक पोष्ट News


जापानको नागोयामा नुवाकोट मदानपुरका नवराज वाग्लेको सुतेको अवस्थामा निधन

791

नागोया, जापान । जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा निधन भएको हो ।

नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी भिषामा आएका वाग्ले आफ्नै भाइसँगै एउटै कोठामा बस्दै आएका थिए । शुक्रबार साँझको काम गरेर फर्किएपछि साथी र भाइ जयराम वाग्लेसँगै खाना खाएर फुटबल हेरेर नवराज सुतेका थिए । शनिवार दिउँसो काममा जाने बेला अघिसम्म नउठेपछि उनको भाइ र साथीले उठाउन खोज्दा अचेत पाइएपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकहरुले बताएका थिए । पोष्ट मार्टम रिपोर्टमा नवराजको निधन ब्लड प्रेसर अत्यधिक बढेर मुटुमा प्रहार हुँदा आकस्मिक रुपमा निधन हुन पुगेको उल्लेख छ । एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार प्रहरीले कोठा चेकजाँच सहित पोष्ट मार्टम र प्रहरी रिपोर्ट समेत दिइसकेको छ ।

जापान उच्च शिक्षा अध्ययनका लागि आएको ६ महिना पनि नबित्दै अल्पायुमै असामयिक रुपमा निधन हुन पुगेका नवराज वाग्लेको जापानमा नै दाह संस्कार गरिने भएको छ । दाह संस्कार सोमबार नागोया स्थित मिनातो कुमा गर्ने तयारी गरिएको छ ।

अध्ययनका लागि आएका नवराजको शदगत जापानमै गर्नको लागि आवश्यक खर्च सहयोगको पनि अपिल गरिएको छ । हाल मृतकका भाइले प्रयोग गर्ने तस्विरमा उल्लेखित बैंक खातामा जापानभरबाट सबै नेपालीहरुले सक्दो रकम सहयोग गरेर दाहसंस्कारको रकम जुटाउन सहयोग गरिदिन समेत सामाजिक अभियन्ता दिपक कार्कीले सबैमा अनुरोध गर्नुभयो ।

परिवारको सहमतीमा शव जापानमा नै जलाउने तयारी गरिएको सँगै रहनुभएका नुवाकोटका जनक रिजालले जानकारी दिनुभयो । अन्तिम दाहसंस्कार सोमबार दिनको करिव ३ बजेको समयमा गर्न लागिएको बताइएको छ । जापानसमाचार 

Must View