नागरिक पोष्ट News


आखिर को हुन् त डाक्टर तोसिमा कार्की, ‘महापुरुष’ फिल्ममा के छ उहाँको भूमीका

1.3K

काठमाडौं - डा. तोसिमा कार्की मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचत भए । लिलतपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह्र लिएर चुनावी मैदान उत्रिएका कार्कीले शीर्ष दलका नेताहरुलाई मजाले पछारि दिए । मंसिर ८ गते ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएको घोषणा गरे ।

एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाबाट कार्की निर्वाचित भए । रास्वपाबाट कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खड्काले १२ हजार ९६३ मत पाए । बहालवाला ऊर्जामन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याए । ललितपुर ३ मा ६१ हजार ६७८ मत खसेको थियो । मन्त्री देखि शीर्षदलका नेताहरुलाई अहिलेको चुनावमा फलामको चिउरा बन्न पुग्यो ।  जनताको सामु आश्वासन देखाउने काम नगर्ने, ठुला ठुला भाषण गर्ने नेतालाई स्वतन्त्र पार्टी तह लगाई दिए ।  डाक्टर कार्की चुनाव अघिबाटै निकै चर्चामा थियो । पेशाले शल्य चिकित्सक समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ ।

हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका छ । फिल्ममै पनि उनले चिकित्सकको भूमिका निर्वाह गरेकी छन् ।  जब हरिवंशको पात्र बिरामी पर्छ तब उपचारको लागि अस्पताल लैजाँदा तोेसिमाको इन्ट्री हुन्छ । कम्तीमा एक मिनेटको चरित्र निर्वाह गरेकी कार्कीसँग ‘महापुरुष’को रमाइलो किस्सा पनि छ । चुनावपछि मात्र चर्चामा आएकी तोसिमालाई फिल्मभित्र धेरैले ख्याल नगर्नुको कारण महापुरुष पहिल्यै रिलिज हुनाले हो । फिल्म हेरिसकेपछि आफ्नो रोल छोटो भएको र अझै थपिदिए हुन्थ्यो भन्ने चाहना उनले निर्मातासँग राखेकी थिइन् ।

तोसिमाको चिकित्सक चरित्रले फिल्मभित्र नेपालमा उत्पादित औषधि प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन्छ । ‘उहाँको चरित्रले विदेशीभन्दा नेपाली औषधिको प्रयोग गर्नुपर्छ भन्छ । विदेशी औषधिको मात्र प्रमोसन नगरौं भनेर उहाँको डायलग बनाइएको छ । नेपाली औषधि पनि राम्रो हुन्छ भनेर उहाँमार्फत दर्शकलाई भनेका छौं,’ तोसिमाको चरित्र चित्रणबारे निर्देशक प्रदीप भट्टराईले भने । फिल्म खेल्न तोसिमा सुरुमा डराएको अनुभव सुनाउँदै प्रदीपले भने, ‘उहाँ डाक्टर नै भएको कारण उहाँलाई नै कास्ट गरेका हौं । पहिलेदेखि नै साथी भएकाले पनि खेलाउन सजिलो भयो । 

Must View