नागरिक पोष्ट News


'भगवत् गीता' मा सुहानाको लागि अभिनेताको खोजी

1K

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म ुभगवत् गीताु मा अभिनेताका लागि अडिसन खुला गरिएको छ। प्रेम कथामा बन्ने फिल्ममा २० देखि २५ वर्ष उमेरका अभिनेता खोजी गरिएको हो। फिल्ममा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ। 

निर्माण टिमले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तोक्दै एक टिजर समेत सार्वजनिक गरिसकेको छ। तर अभिनेताको टुंगो नलागेपछि फिल्म छायांकनमा जान सकेको छैन। केही समय अगाडि यो फिल्ममा अभिनेता धिरज मगर रहने चर्चा थियो। पारिश्रमिकको कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको खोजी गरेको हो।सुनिलकुमार थापाको लगानी रहने फिल्मका लागि बाल कलाकारका लागि पनि अडिसन खुला गरिएको छ। ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो। 

अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाउँदै सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउन पर्नेछ। मंसिरदेखि छायांकन सुरु हुने भनिएको फिल्म जनकपुर, दार्चुला र काठमाडौंमा छायांकन हुनेछ। सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्नेछन्।

Must View