१३७ मुलुकसँगको व्यापारमा २२ वटासँग मात्र नेपाल नाफामा
728
काठमाडौंं - नेपालको वैदेशिक व्यापार घाटा वर्षेनि बढिरहेको छ । चालू आर्थिक वर्षकै पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको रहेको छ । सो अवधिमा वैदेशिक व्यापार घाटामा भने कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । सो अवधिमा नेपालको १३७ मुलुकसँग व्यापार भएकोमा २२ ओटा मुलुकसँग मात्र नाफामा छ ।