नागरिक पोष्ट News


समानुपातिक मत गणनामा त्रुटि या धाँधली के हो निर्वाचन आयोग मौन किन ?

2.5K
समानुपातिक मत गणनामा धाँधली भएको एक नेताको आरोप

काठमाडौं – आम निर्वाचन २०७९ को समानुपातिक मत गणनामा केही त्रुटि भएको जनगुनासो बाहिर आएको छ । अहिलेको समानुपतिक तर्फको मतगणनामा धाँधली नै भएको नागरिक उन्मुक्ति पार्टीका समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेश अधिकारीले आरोप लगाएका छन । आफ्नो पार्टीले प्राप्त गरेको मत नेकपा एकिकृत समाजवादी र जनमत पार्टीमा जोडिएको भन्दै उनले कडा आपत्ति जनाएका छन । अधिकारीले भने – ‘हाम्रो पार्टीको मत अन्य पार्टीकोमा जोड्ने षड्यन्त्र भएको छ ।

यस्तो कार्य विरुद्ध सशक्त आवाज उठाउँन जरूरी छ ।’ उनले मत गणनामा भएको अनियमित कार्य प्रति आफुले निर्वाचन आयोगसंग आपत्ति प्रकट गरेको जानकारी दिए ।  नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा ३ सिट र प्रदेश सभामा ५ सिट विजय हासिल गरेको छ भने समानुपातिक तर्फ करिव २ लाख मत प्राप्त गरेको छ ।

भिडियो टेप

यस्तै आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका एक कार्यकर्ताले पनि आफ्नो फेसबुक पोष्टमार्फत गरेका छन् । शंकर श्रेष्ठले निर्वाचन आयोगबाट छिन छिनमा समानुपातिक मत प्रणालीमा आफ्नो पार्टीको मत तलमाथि पर्ने गरेको बताउदै सत्यतथ्य प्रति निर्वाचन आयोग मौन बसेकोमा आक्रोश पोखेका छन् । 

समानुपातिक मत गणनामा यस्ता आरोप र गुनासाहरु सामाजिक सञ्जाल लगायत धेरै ठाउँहरुमा देखिएको छ । तर यस विषयमा निर्वाचन आयोगले अहिलेसम्म आफ्नो आधिकारिक जवाफ दिएको छैन । के यो आरोप मात्र हो की प्राविधिक समस्या हो, यसमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

Must View