नागरिक पोष्ट News


देशको विकासको लागि संविधान सबैभन्दा ठूलो शक्ति हो ; - प्रधानमन्त्री नरेन्द्र मोदी

1K

प्रधानमन्त्री नरेन्द्र मोदीले आज चार डिजिटल अदालतको पहल सुरु गर्दै संविधानलाई देशको सबैभन्दा ठूलो शक्ति भनेका छन्। प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको उपस्थितिमा संविधान दिवसको अवसरमा सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘देशको विकासको लागि संविधान सबैभन्दा ठूलो शक्ति हो ।

मोदीको शब्दमा, हाम्रो संविधानको भावना युवा केन्द्रित छ। म सरकारी निकाय र न्यायपालिकालाई हाम्रो देशका युवाहरूमा थप चेतना जगाउने प्रयास गर्न अनुरोध गर्दछु।ु

मोदीले ई(कोर्ट परियोजना अन्तर्गत भर्चुअल जस्टिस क्लक, जस्टिस मोबाइल एप २।०, डिजिटल कोर्ट र क्घध्ब्क् वेबसाइट सुरु गरेका थिए। मोदीले आज २६र११ को हमलाको स्मरण गर्दै भने, ुआज २६र११ मुम्बई आतंकवादी हमलाको दिन हो। १४ वर्षअघि भारतमा संविधान दिवस मनाइँदै थियो, त्यो दिन देशले सबैभन्दा ठूलो आतंकवादी हमला देखेको थियो। त्यो दिनको हमलामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

मोदीले भने, ‘देशको प्रगतिको पछाडिको सबैभन्दा ठूलो शक्ति हाम्रो संविधान हो । हाम्रो संविधानको प्रस्तावनाको सुरुमा ‘हामी जनता’ लेखिएको छ, यो शब्द होइन, भावना हो ।

यसैबीच, कानूनलाई सरलीकृत गर्न आह्वान गर्दै मोदीले भने, ूदेशको सबै संस्कृति र भावनालाई भारतको संविधानमा समावेश गरिएको छ।ू आज देशले लोकतन्त्रको प्रतीकका रूपमा आफ्नो आदर्श र संविधानको भावनालाई बलियो बनाउँदै लगेको देख्दा मलाई खुशी लागेको छ । देशका आमा दिदीबहिनी सशक्तिकरण भइरहेका छन् । आज सर्वसाधारणका लागि कानुन सहज बनाइएको छ ।विगतको तुलनामा हाम्रो न्याय प्रणालीले न्यायका लागि धेरै फड्को मारेको छ । यस प्रयासको लागि म सबैलाई बधाई दिन चाहन्छु। कर्तव्यको बाटोमा हिड्दै देशलाई अगाडि बढाउनु पर्छ । देश विकासको नयाँ उचाइमा पुग्नुपर्छ । भारतसामु आज धेरै नयाँ अवसरहरू सिर्जना भइरहेका छन् ।

Must View