नागरिक पोष्ट News


तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता हुने

1.2K

काठमाडौं - तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता हुने भएको छ । आज एक कार्यक्रमकाबीच पत्रकार सम्मेलन गरी प्यावसनले तारकेश्वर नगरपालिकाभित्र रहेका प्यावसनमा आवद्ध २४ विद्यालयहरुले फुटसल कार्यक्रममा सहभागिता जनाउने छन् ।

पत्रकार सम्मेलनमा कार्यक्रममा बारे जानकारी दिँदै प्यावसनका उपाध्यक्ष तथा ईसिए प्रमुख गोपाल वुढाथोकीले प्यावसनले वार्षिक क्यालेण्डर बनाएर प्यावसनले इसिए र सिसिएका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । अहिलेसम्म प्यावसनले हाजिरीजवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतिया्गिता, चित्रकला प्रतियोगिता र अहिले फुटसल कार्यक्रम गर्न लागेको छ । यहि मंसिर २३ र २४ गते माध्यमिक तह लेभल कक्षा ०–१२ कक्षाका विद्यार्थीबीचको फुटसल प्रतियोगिता हुने वुढाथोकीले बताएका थिए ।

भोलीदेखि तारकेश्वर ४ स्थित दगुर्नेपानीस्थित सेक्रेड हार्ट माध्यमिक विद्यालयको फुटसल ग्राउण्डमा बिहान ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । फुटसल प्रतियोगितामा २४ विद्यालयले भाग लिनेछन् । जसमा १६ वर्षभन्दा कम उमेरका खेलाडीहरु मात्र खेलमा सहभागी हुनेछन् ।

प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतिय स्थानप्राप्त गर्ने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । विजेता विद्यालयहरुलाई भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुने विद्यालयले ३००० आयोजकलाई बुझाउनु पर्नेछ ।

कार्यक्रममा बोल्दै नगर प्यावसनका अध्यक्ष धन बहादुर पुनले संस्थागत विद्यालयहरुले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन ईसिए र सिसिएका कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेको बताएका थिए । राष्ट्रका लागि चाहिने योग्य मानिस उत्पादन गर्न संस्थागत विद्यालय निरन्तर सङ्घर्षरत रहेको छ ।

संस्कारयुक्त शिक्षा र अतिरिक्त क्रियाकलापमा संस्थागत विद्यालयले प्राथमिकता दिँदै आएको छ । कार्यक्रमको सञ्चालन भने प्यावसन सचिव नवराज न्यौपानेले गरेका थिए । कार्यक्रममा तारकेश्वर प्यावनसका पदाधिकारीहरु र खेलमा सहभागी हुने विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Must View