नागरिक पोष्ट News


म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ -रवि लामिछाने

700

काठमाडौं - चितन निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्‍याली समेत नगर्ने बताएका हुन् । राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,’ उनले लेखेका छन्, ‘म आजैदेखि जाँच दिन जाँदै छु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ ।’

विजय र्‍यालीको सट्टा लामिछानेले धन्यवाद सभा आयोजना गर्ने भएका छन् । उनका अनुसार भरतपुर–१० गेस्टहाउस चौरमा आज ३ बजे, ईच्छाकामना गाउँपालिका कार्यालयअगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा भोलि ११ बजे तथा सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा भोलि दिउँसो ३ बजे धन्यवाद सभा आयोजना गरिने छ ।

साथै उनले धन्यवाद सभामा आउने कसैलाई पनि फूलमाला, अबिर र खादा नल्याउन आह्वान गरेका छन् ।

‘एउटा अनुरोध, कृपया त्यहाँ ९धन्यवाद सभा० आँउदा मेरा लागि फूलमाला, अबिर र खादा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा दुई वटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्यापेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझावपेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला, अबिर, खादामा हामीले गरेको खर्च प्रायस् सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ 

Must View