नागरिक पोष्ट News


मंसिरको पहिलो दिनको कारोबारमै देखियो नेप्सेमा हरियाली

1K

काठमाडौं - यस महिनाको पहिलो दिन तथा साताको पाँचौं दिन शेयर कारोबार २५।५७ अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २५।५७ अंकले बढेर १९३६।८३ बिन्दुमा पुगेको हो ।

क वर्ग समूहका कम्पनीको कारोबार ४।४९ अंकले बढेर ३८१।०६ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।१९ प्रतिशतले कारोबारमा सुधार भएको हो ।

यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै १०२।८९ अंकले उत्पादन समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।

Must View