नागरिक पोष्ट News


आइएमई पेर र बीग डिजिटलवीच सम्झौता

0.9K

काठमाडौं - आइएमई पेर र बीग डिजिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गर्दा रू।१,००० फ्ल्याट पाइने छ यसका साथै ग्राहकहरुले रू। ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउने छन् । यो अफर बीग डिजिटलका स्टोरहरुमा यहि मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे”आइएमईग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिमआइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीच हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

Must View