नागरिक पोष्ट News


तारकेश्वर वडा नं  ९ मा पहिलो चरणमा डिप बोरिङको काम सम्पन्न स्थानीय बासीमा खुशीयाली

1.2K

काठमाडौं - बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरको पहलमा निर्माण भएको डिप बोरिङ कार्यको पहिलो चरणको कार्य सम्पन्न भएको छ । तारकेश्वर वडा नं। ९ मा नवीन नगर खानेपानी उपभोक्ता समिति मातहत भएको कार्य पहिलो चरणमा डिप बोरिङ खनेर पानी निकालिएको छ ।

आज वडा अध्यक्ष श्यामकृष्ण महर्जन र खानेपानी उपभोक्ता समितिका अध्यक्षले डिप बोरिङ सम्पन्न भएको बताएका छन् ।

वडाअध्यक्ष श्यामकृष्ण महर्जनले नवीन नगर डिप बोरिङ खानेपानी आयोजनाबाट तारकेश्वर वडा नं। ९ कार्यालय आसपास क्षेत्रका टोल र नवीन नगरमा खानेपानी व्यवस्थापन गरिने बताएका छन् ।

महर्जनले वडा कार्यालयले पूर्वाधार क्षेत्र र सामाजिक कार्यलाई थाती राखेर भएपनि खानेपानी आयोजनालाई प्राथमिकता दिएर चुनाव लगत्तै टोल टोलमा बा्रिङको पानी पु¥याउने प्रतिवद्धता जनाएका छन् ।

अब पाइपलाईन विस्तार, फिल्टर र ट्यांकी निर्माणमा वडा कार्यालयको ध्यान जानेछ । डिप बोरिङ कार्यका लागि निरन्तर लागि परेर सफलतापूर्वक कार्य सम्पन्न गर्ने समितिलाई वडाअध्यक्ष महर्जनले धन्यवाद प्रकट गरेका छन् । वडाअध्यक्ष महर्जनले आवश्यक रकमका लागि नगरपालिकाको आगामी पौष मसान्तमा हुने नगरसभाबाट योजना पारेर कार्य अगाडी बढाउने बताएका छन् ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुशान्त न्यौपानेले डिप बोरिङ कार्यका लागि तत्काल योजना पारिदिने बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरप्रति धन्यवाद प्कट गरेका छन् । त्यस्तै बागमती प्रदेश खानेपानी डिभिजन ५ कार्यालय भक्तपुरका काार्यलय प्रमुख अनिल प्रसाद केसरी र भर्खरै रिटार्यड बरिष्ठ ईन्जिनियर कुल प्रसाद शर्माको सक्रियता र सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु । समस्या नै समस्याको बीचमा ठेगेदार कम्पनी निर ड्रिलिङ कन्ट्रक्सनका प्रमुख रोशन खड्काको निरन्तरको मिहेनतले खानेपानी बोरिङ कार्यले सफलता प्राप्त गरेको छ ।

समितिका अध्यक्ष न्यौपानेले बाँकी फिल्टर, ट्यांकी निर्माण कार्यका लागि आगामी दिनमा सहजता र सहयोग गरिदिन बागमती प्रदेश खानेपानी कार्यालय ९खानेपानी डिभिजन ५ भक्तपुर० लाई अनुरोध गरेका छन् । पहिलो चरणमा करिव ४० लाख लागतको कार्य सम्पन्न भएको छ । तर प्रदेश सरकारबाट अहिलेसम्म २६ लाख रकम प्राप्त भएको छ । खानेपानी आयोजनाको औपचारिक उदघाटन हुन भने बाँकी छ ।

Must View