नागरिक पोष्ट News


बरिष्ठ समाजसेवी राजेश्वरीको सहयोगमा उठेको त्यो लासको कथा 

1K

काठमाण्डौँ - काम व्यस्तताको कारण बाहिर गएको व्यक्तिलाई फोन आउँछ मलिनो स्वरमा हस्पिटमा लास छ पैसा तिर्न सकिएन हस्पिटलले लान दिएन यति सुने पछि समाजसेवी राजेश्वरी श्रेष्ठलाई सहन गाह्रो हुन्छ । उनी केही आफ्ना सहयोगी साथी सहित गाडीलाई पाटन हस्पिटल जान भन्नछीन् र लामो यात्रा पछि करीब १ : ४५ मा हस्पिटल पुग्छिन् । 

त्यहाँ मृत्यु हुनेको आफन्तसँग निकै बेर कुरा हुन्छ । मृत्यु हुने व्यक्तिको नाम राधिका राई हो । उनको घर सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं.३ हो । बुवा मंगले राई र आमा पार्वती राई सहित आफन्तले समाजसेवी श्रेष्ठलाई बताउछन् । मृत्यु हुने व्यक्ति लामो समय देखि पाटन हस्पिटल भर्ना भएको र उनलाई सुगर, प्रेसरले गाह्रो बनाई रहेको पछि डेँगु भई मृत्यु भएको आफन्तले बताउँछन् । साथै परिवारजनसँग अलि अलि भएको पैसा पनि औषधि उपचारको क्रममा सकिएको कारण अब लास लाने र दाहासंस्कार गर्ने पैसा समेत नभएको आफन्तले श्रेष्ठलाई बताउँछन् । 

हस्पिटलले केही पैसा तिरेर लास लान भनेता पनि उनीहरुसँग आर्थिक अवस्था कमजोर भएको कारण लान नसकेको बताउँछन् । समाजसेवी श्रेष्ठले पाटन हस्पिटलसँग आफै सल्लाह गरी केही आर्थिक भार आफैले व्यहोरेर सो लास निकाल्ने र दाहासंस्कार गर्ने व्यवस्था सहित श्रेष्ठ त्यहाँबाट बाहिर निस्कन्छीन् ।  जहाँ अप्ठ्यारो त्यहाँ त्यहाँ यस्ता राम्रो मन भएका समाजसेवीहरुको उदय सधै रहीरहोस् ।।।।   

Must View