चितवनलाई आइटी हव बनाउने डा. भोजराज अधिकारी सँग के छ एजेण्डा
काठमाडौं । क्यानका केन्द्रीय सचिव चिरन्जिबी अधिकारीले प्रतिनिधिसभा – ३ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका डा. भोजराज अधिकारीलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरेका छन् । अधिकारीले चितवनलाई मेडिकल र आइटीको हबका रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि दूरदर्शी नेता डा. अधिकारी उपयुक्त पात्र भएको बताए ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. अधिकारी अहिले मतदाताका घरदैलोमा व्यस्त छन् । उनले चितवनको समग्र विकासका लागि आफ्ना योजनाहरु मतदाता समक्ष प्रस्तुत गरिरहेका छन् ।
सोही सन्दर्भलाई लिएर क्यान सचिव अधिकारीले चितवनलाई आइटी र मेडिकल हबको रुपमा विकास गर्न डा. अधिकारी र गठबन्ध्नका उम्मेदवारले अत्यधिक मतका साथ विजयी हुनुपर्ने बताएका हुन् । गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सकेमात्र चितवन थप विकसित हुने उनको भनाई छ । डाक्टरको रुपमा चिरपरिचित अधिकारी राजनीतिक रुपमा पनि सक्षम रहेको उनले बताए । माओवादी केन्द्रका तर्फबाट गठबन्धनका साझा उम्मेदवार रहेका डा. अधिकारीलाई विजयी गराउँदा त्यसले चितवनको विकासमा महत्वपूर्ण काम हुने जानकारी दिए ।