पुतली ,रुख र सुर्य चुनाव चिन्हको महासङग्राम
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोलका बीच उम्मेदवारहरु घर दैलो ,कोणसभामा बेस्त देखिएका छन । घोषणा पत्र,प्रतिबद्धता पत्र, अनेकौं नामले उम्मेदवारहरुले आफ्ना उम्मेदवार र पार्टीले जिते यो गर्छौ,त्यो गर्छौ भनेर उहीँ पुरानै कुराहरूको आश्वासन बाडिरहेका छन ।
मतदाताहरु पुराना दलका पुराना कुराहरु फिट्टिकै पत्ताउन तयार छैनन् ।देसै भर स्वतन्त्र ,बागी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रेपछि ठुला दलहरू समेत चुनाब जित्नेमा ढुक्क छैनन् ।यसपालीको चुनाब अघिल्लो चुनाव भन्दा फरक छ,नतिजा पनि फरक आउने राजनैतिक बिस्लेसखरुको अनुमान छ ।चुनावी सरगर्मी जताततै बडेकोछ।यति बेला उम्मेदवारहरु घरदैलो ,कोणसभामा निक्कै बेस्त देखिन्छन् ।
ठुला दलको गठबन्धन बनाएर चुनाव लडनु पर्ने बाध्यताले अझ रोमान्चित बन्न पुगेकोछ ।कारण स्वतन्त्र उम्मेदवारहरुसग चुनाव लड्नु फलामको चिउरा चपाए झै भएकोछ ठुला दल र तिनका उम्मेदवारहरुलाइ ।काठमाडौका क्षेत्रहरुमा पनि बागी,स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा प्रस्तुत भएकाछन ।
धेरै जसो पढे लेखेका युवा,समाजमा निरन्तर समाज सेवामा लागेका ,सामाजिक अभियानमा अगाडि सरेका युवाहरुको उम्मेदवारी परेकोछ।काठमाडौ क्षेत्र नम्बर ३ लाइ अझ चासोपुर्बक हेरिएको छ। क्षेत्र नम्बर ३ मा पुतली चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेका निरन्जन पुडासैनी बलियो उम्मेदवार हुन। उनको प्रतिस्पर्धीको रुपमा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसबाट सन्तोष चालिसे,एमालेका उम्मेदवार कृष्ण राई छन।
यश क्षेत्रमा त्रीपक्षिय प्रतिस्पर्धा रहेको स्थानीयहरु बताउछन् । ३ नम्बर क्षेत्र भित्रका उनै पुराना दल,तिनै उम्मेदवार उठेकाले पनि उनिहरु प्रती जनताहरुको आस मरि सकेकाले पनि यसपटकको मत स्वतन्त्रलाइलाई दिने हो भन्छन सुदिप बराल ।
यश क्षेत्र भित्र कागेस्वरी मनहराका १,२,३ का वडाहरु,काठमाडौ ६ को एक वडा र गोकणेश्वर नगरपालिका पुरै वडाहरु पर्छन् ।करिब ६० हजार मतदाता रहेकाछ्न स्थानीय तहको चुनाबमा स्वतन्त्र ब्यक्ति बालेन्द्र साहले देसकै ठूलो महानगरपालिका,हर्क साम्पाङ्ले धरान उप(महानगरपालिकामा मेयरमा चुनाब जितेपछि यति बेला ठुला दल डरका बिच चुनाब लडेकाछन त अन्य युवा हौसिएर चुनाब लडेकाछन।