नागरिक पोष्ट News


७७ प्रतिशतले घट्यो कम्पनी दर्ता

602

काठमाडौं, २६ कात्तिक । पछिल्लो सयम कम्पनी दर्ताको संख्या घटेको छ । कम्पनी रजिष्ट्राकोकार्यालयका अनुसार अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गर्नेको संख्या ७७.०८ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७०–७१ देखि २०७४–७५ सम्मको पाँच वर्षमा यो कार्यालयमा २२ हजार ३ सय ३१ कम्पनी दर्ता भएका थिए । त्यसयताको पाँच वर्ष आव २०७९–८० सम्ममा भने ५ हजार १ सय १८ कम्पनीमात्र दर्ता भएका छन् । यो तथ्यांकले अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ताको संख्या ७७.०८ प्रतिशतले घटेको देखाएको हो । चालू आव सकिन करिब ८ महिना बाँकी छ ।

कम्पनी दर्तालाई प्रतिशतका आधारमा मात्र होइन, संख्यात्मक हिसाबले हेर्दा पनि पछिल्लो पाँच वर्षमा १७ हजार २ सय १३ कम्पनी कम दर्ता भएको देखिन्छ । कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार आर्थिक वर्ष २०७०र०७१ देखि पाँच वर्षसम्म उद्योग व्यवसाय गर्नेहरू धेरै बढेका थिए । यो अवधिमा इतिहासमै सबैभन्दा धेरै कम्पनी दर्ता भएको थियो ।

Must View