नागरिक पोष्ट News


नेप्से ३९.१५ अंकले ओरालो

791

काठमाडौं - साताको चौंथो दिन शेयर कारोबार ३९।१५ अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ३९।१५ अंकले घटेर १९१७।२२ बिन्दुमा पुगेको हो ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार हुँदा २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर कारोबार भएको थियो भने आज बुधबार कारोबार रकम बढेर १ अर्ब ४० करोड ३७ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा ३६ लाख ९७ हजार ७ सय २३ कित्ता शेयर कारोबार भएको छ । । यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै १९९।९५ अंकले जीवन बीमा समूह तर्फका कम्पनीको कारोबार घटेको छ ।

Must View