नागरिक पोष्ट News


३५ दिनभित्र व्यवसाय दर्ता गर्न नगरपालिकाको निर्देशन (विज्ञप्तिसहित)

868

कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिकाले विज्ञप्ति जारी गर्दै पसल र व्यवसाय ३५ दिनभित्र दर्ता गर्न विज्ञप्ति जारी गरेको छ । ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता नगरेमा नगरपालिकाको आर्थिक ऐन २०७९ अनुसार जरिवाना असुल गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनी कार्यालय, घरेलु वा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी नगरपालिकाभित्रको वडा कार्यालयमा दर्ता नगरी विना स्वीकृति व्यवसाय सञ्चालन गर्दै आएका र कतैपनि दर्ता नगरेकाहरुलाई पनि ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता गर्न नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकाले पसल तथा व्यवसायहरुको अनुगमन कार्य सुरु गरेकाले त्यस्तो भेटिएमा तत्काल कारवाही गर्न सक्नेछ ।

आर्थिक वर्ष २०७९/८० भन्दा अगाडी सञ्चालन भएका व्यवसायहरुलाई यसै वर्ष आधार मानी व्यवसाय दर्ता गरिनेछ । यस वर्षभन्दा अगाडी दर्ता भएका तर नविकरण समयमा नभएकाहरुका लागि जरिवानामा ५० प्रतिशत छुट गरेको छ ।

Must View