स्वस्थ मुटुको लागी जीवनशैली परिबर्तन नै आजको मुल मन्त्र (स्वस्थ तथा सन्तुलित आहार )
मुटु हाम्रो शरिरको सवैभन्दा महत्वपुर्ण अंग हो। नेपालमा पनि मुटु रोगीको संख्यामा बढी नै वृद्धि भइ रहेको छ। कोरोनरि हार्ट डिजिज अलि बढी नै देखिएको छ। सन १९९९ मा वर्ल्ड हार्ट फेडेरेसनले र बिश्वा स्वास्थ्य सङ्गठन सँगै मिलेर बिश्व मुटु दिवस स्थापना गर्ने निर्णय गरेकोे थियो। बिश्वमाा प्रत्येक वर्ष करिब १७.९ मिलियन मानिसहरू मुटु रोग बाट मृत्यु हुने गर्दछ । विश्व भरी नै मुटु रोगको त्रास उतपन्न भइरहेको छ। नेपालमा पनि मुटु रोग एउटा समस्याको रूप्मा देखा पर्न थालेको छ। नेपाल एउटा बिकासोन्मुख राष्ट्र भएँकोले पनि बिभिन्न समस्याहरु आर्थिक , सामाजिक , भागौलिक , सामाजिक भारले ग्रसित छन। मुटु रोग नेपालमा पनि एउटा समस्याको रूपमा देखा पर्न थालेको छ । मुटु रोग सँगै मस्तिष्क पक्ष्घात , हृदयघात , अन्य मुटु सम्बन्धि रोगहरु आदि देखिएको छ। नेपालमा धारानमा गरिएको एउटा अनुसन्धानबाट कोरोनरि मुटु रोग पुरुषमा ७ प्रतिशत त्यस्तै शहिद गंगालाल अस्पतालमा प्रत्यक वर्ष मुटुरोगी वार्षिक दुइ गुणाले बढेको पाइएको छ । नेपाल शिक्षण अस्पतालमा २० प्रतिशत कोरोनरि मुटु रोग ८ प्रतिशत तथा नेपालगन्जको शिक्षण अस्पतालमा दैनिक २० देखी ४० जना बिरामी दिनहुँ चेकजाँच गराउन दुर्गम , गाउघर तिर बाट आउने गर्दछन् ।
हालैमा नेपाल स्वास्थ्य अनुसन्धान केन्द्रमा गरिएको एउटा आध्ययनबाट प्रकाशित पात्रिकमा पुरुषहरुमा मुटुको मृत्युको कारण देखिएको छ भने महिलाहरुमा दमको कारणले मृत्यु हुने गरेँको देखिएको छ । डा. मेघनाथ धिमाल ( प्रमुख अनुसन्धानकर्ता , अनुसन्धान बिभाग) ले गरेकोे अनुसन्धानबाट महिलाहरूमा फोक्सोको रोग बढी हुने गरेकोे पाएयो , अहिले पनि ७५ प्रतिशत महिलाहरू दाउरा मा खाना पकाउने तथा दिनभरि घरको काममा बयस्त हुने गरेकोे पाइएको छ । त्यस्तै पुरुषहरुमा मृत्युको कारक तत्व सूर्ति , धूम्रपान , मधपान , तनावपूर्ण जीवन , धुवाँ , धुलो, आदिले हुने गर्दछ ।
अनि श्वास प्रश्वास नलिको अबरोध , संक्रमण , पखाला पक्ष्घात , अल्जाइमर रोग मुख्यतः महिलामा बढी पाइएको छ। महिलाहरू यदि मधुमेह रोगी पनि छिन् भने उसमा ३ देखी ४ गुणा मुटुरोग हुने खतरा हुन सक्छन् र रज्नोबृति पनि छ भने उसको हाइपोस्त्रेजोन कम उत्पादन हुन्छ र जसले गर्दा इस्त्रोजेन हर्मोन उत्पादनमा कमी आउँछन् र हृदयघाको खतरा बढ्ने सम्भाव्ना हुन्छ ।
पुरुषहरुको पेटको बोसो बढ्दै जान्छन् जसको कारण उच्च रक्तचाप , उच्च कोलेस्तरोल , अनियन्त्रित रगतमा चिनीको मात्रा थपघट भएर हृदयघातँको जोखिम बध्न सक्छन् ।
मुटु रोगका लागी एउटा भिन्न खालको आहार पद्ध्ति छन्, जस्लाइ उपचारात्मक जीवनशैली परिबर्तन आहार भनिन्छ (टि, एल्, सि,/ Therapeutic life style changes diet) यो आहार मुटु रोगिका लागी बिशेष हो। राष्ट्रिय स्वास्थ्य बिभागले यसको बिकासमा सहयोग गरेकोे हो, जसले गर्दा मुटुको जोखिम , पक्ष्घात कम गर्न सहयोग पुर्याउन मद्दत गर्दछ । यो आहारको मूख्य उद्देश्य रगतमा नराम्रो कोलेस्तेरोलको मात्रा घाटएर , रक्तनलिलाइ सफा बनाएर , मुटुलाइ स्वस्थ राख्न मद्दत गर्दछ ।
यो आहारको मूख्य विशेषताहरु
जीवनशैली परिबर्तन गर्ने, आफ्नो तौललाइ नियन्त्रण गर्ने , योगा, अभयास्, तनाबमुक्त रहने तथा कोलेस्तेरोल्लाइ कम गरेर , रोग प्रतिरोधात्मक क्षम्तालाइ अभिबिर्धि गर्ने हो।
हामीले आफ्नो आहारमा प्रायाप्त मात्रामा पानिमा घोलिने रेसायुक्त कानेकुरालाइ प्रााथमिकता दिनु पर्छ , जसमा बिरुवामा भएँको एस्तोरोलले कोलेस्तेरोल कम गर्न मद्दत गर्दछ ।
@ आफ्नो तौल तथा कामको आब्सयकता अनुसार मात्र क्यालोरीको सेवन गर्नुपर्छ । जसको तौललाइ नियन्त्रण गर्न सकिन्छ ।
@ खानामा चिल्लो पदार्थको जम्मा क्यालोरीको १५ देखी २० प्रतिशत मात्र प्रयोग गर्नु पर्छ ।
@ खाध्पदार्थबाट पाउने कोलेस्तेरोल बढीमा २०० मिलि ग्राम मात्र प्रायोग गर्नु पर्छ ।
@ जनाबारबाट पाउने चिल्लो पधार्थ बढीमा ७ प्रतिशतमात्र सेबन गर्नु पर्छ । दैनिक भोजनमा १५ देखी २५ ग्राम फाइबरको प्रयोग गरेमा राम्रो हुन्छ। टीएल्सि डाइटमा प्रयाप्त मात्रमा फलफूल तथा हरियो सागपात , तरकाारि, रेसायुक्त खानेकुरा , दाल गेडागुडी , बिउ इत्यादि रहेका हुन्छन् ।
@ दैनिक ३० मिनेट सम्म नियमित शारिरिक बयायाम गर्नु पर्छ । साइकिल चलाउने, कुद्ने , दौडइने , पौडी खेल्ने आदि आफ्नो आबस्था हेरेर जुन आफुलाइ पायक पछ , त्यही अभ्यास गर्नु पर्छ ।
@ खानेकुरामा कम चिल्लोको प्रयोग गर्ने, कोलेस्तेरोल नियन्त्रणमा रख्ने, रातो मासु, खसि, राङा, अण्डाको पहेँलो भाग ना खाने, नूनको कम प्रयोग गर्नु पर्छ ।
यो उपचारात्त्मक जिबनशैलि परिबर्तन (टी एल सि) आहार , ३६ जना बयक्तिमा ३२ दिनसम्म गरेकोे एउटा अध्यययनले जसको उच्च कोलेस्तोरोल थियो, यो आहारको सेबनले ११ प्रतिशत खराब कोलेस्तेरोल कम भएँको देखिएको थियो।
यो आहारको अरु विशेषताहरु
# रोग प्रतिरोधात्मक क्षम्तालाइ बढाइने काम गर्छ , = एउटा सानो अध्ध्यनमा जसमा १८ जना मानिसमा गरिएको अनुसन्धान जसमा उच्च कोलेस्तेरोल थियो, त्यसको राम्रो परिणाम देखायो।
# शरिरको तौल नियन्त्रण
नियमित शारिरिक अभयाास , कम क्यालोरीको सेबन , खानेकुरामा प्रयाप्त मात्रामा रेसायुक्त पधार्थको प्रयोग , शरिरको तौल घताउन सहयोग पुर्याउद्छ ।
# रगतमा चिनीको मात्रा नियन्त्रन
हाम्रो शरिरमा रगतको भएँको ग्लोकोजको मात्रालाइ समेत नियन्त्रणमा ल्याउन सहयोग गर्दछ । खानेकुरामा अत्याधिक मात्रामा रेसाको प्रयोगले ग्लुकोजको मात्रालाइ मिलाउन मद्दत गर्दछन् ।
# उच्च रक्तचापलाइ नियन्त्रण गर्दछ
उच्च रक्तचापलाइ कम गरेर , सामन्य रक्तचापमा ल्याउन मद्दत गर्दछ ।
#यसको मूख्य उद्देश्य साचुराटेड चिल्लो पदार्थलाइ एक्दम कम गरेर राम्रो एल्डिएल कोलेसटेरोल बढाउने काम गर्दछ ।
# मध्यम मात्रामा सेतो मासु , (कुखुराको ) माछा , तथा अण्डाको सेतो भाग, आदिको सेबन गर्नु पर्छ ।
फलफूलमा स्याउ, केरा , खरभूजा, सुन्तला , मेवा , नास्पाति, आरु, अमबा , एभोकाडो, मौसम अनुसारको ताजा फलफूल आदिको सेबन गर्नु पर्छ ।
तरकारीहरुमा ब्रोकाउलि, काउलि, सेलेरि, काक्रो, पालुङो, रायो, मुनटा, गान्ते मुला, गाजर्, सबै प्रकारको, मौसम अनुसारको तरकाारिको प्रयोग गर्नु पर्छ।
अन्नहरुमा, जौ , ओटस्, उसिनेको चामल , कोदो, फापर , आदि , तथा दलहरूमा सबै प्रकारको सिमि, राज्मा, गेडागुडी , बदाम्, ओखर्, काजु, फर्सिको बिउ, आलसको बिउ, सूर्यमुखीको बिउ, आदि को सेबन गर्नु पर्छ ।
# ओखर
दैनिक ओखरको सेवन गरेकोे व्यक्तिले मुटु स्वस्थ भएको नयाँ अनुसन्धान बाट पत्ता लगाएको छ। सानै देखी नियमित ओखर खाने बानिले गर्दा वयस्क बेलामा मुटुमा हुने समस्या न्युन रहेको देखिएको छ।
यसमा पाइने ओमेगा थ्री फ्याटि एसिड जस्तै अल्फालिनोलेनिक ( ए एल ए ) छ भने पोलिअनसाचुरेटेड फ्याटि एसिड र एन्टि अक्सिडेन्ट पनि पाइन्छ । यो अन्य सुकेको कुनै फलफुलहरुमा पाइदैन । एउटा भर्खरको नयाँ अध्ययन अनुसार जुन व्यक्ति सानै देखी युबाअबस्था सम्म ओखरको प्रयोग गरेकोलाइ मुटुको समस्या न्यून रहेको देखाएको छ । अनुसन्धानकर्ता लायन एम स्टेफेन ( पि एच डि, एम पिएच ) आर डि एसोसिएटेड प्रोफेसर ( इन द डिभिजन अफ एपिड मिओलोजि एन्ड कम्युनिटि हेल्थ युनिभर्सिटि अफ मिन्नेसोटा स्कुल अफ पब्लिक हेल्थ ) का अनुसार स्वास्थ्यमा राम्रो सुधार र शारिरिक बनावट तथा मुटुलाइ समेत स्वस्थ राखेको बताएको छ । वहाको फ्लोअपमा आउने बिरामी ३० वर्ष पछि आउँदा समेत कुनै मुटुको समस्या नदेखिएको बताएका छन् ।
ओखरको फायदाहरु
स्वस्थ आन्द्रा
मस्तिष्कको कार्यमा सक्रियता
युवा देखिने, हेल्दि एजिङ
मधुमेह ( टाइप टु मधुमेह ) बाट जोगाउने , वा कम खतरा
यसमा पाइने तत्वहरु फाइबर , म्याग्नेसियन्, क्याल्सियम्, फोस्फोरस , लौह्र तत्व्, जिन्क्, पोटासियम, भिटामिन बि ६, फोल्याट, तथा थाइमिन आदि पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ ।
केही उपयोगी सुझावहरु
नियमित स्वास्थ्य जाँच गराउने
नियमित शारिरिक ब्यायाम्, योग आदि गर्ने
औषधी जथाभावी प्रयोग नगर्ने
चिकित्सकको सल्लाह लिने
पानी प्रश्स्त पिउने
तनावमुक्त हुने
आफ्नो उमेरसमुहमा सहभागी हुने
आफ्नो रुचि अनुसारको किताब , ग्रन्थ हरु पढ्ने ।
मिरा शाह
आहार तथा पोषण विशेषज्ञ
किर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल
किर्तिपुर