नागरिक पोष्ट News


 दुई पुस्ताको कारुणिक प्रेम कथा दर्शाउने ‘महापुरुष’को ट्रेलरमा हरिवंशको फरक लुक्स 

1.5K

काठमाडौं - प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज भएको छ। सोमबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर निर्माण टिमले रिलिज गरेको हो।

रिलिज भएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुन क्षेत्री, अन्जना बराइली, रबिन्द्र सिङ बानिया लगायतलाई देख्न सकिन्छ।

रिलिज ३ मिनेट ८ सेकेन्ड लम्बाइको ट्रेलरमा दुई पुस्ताको प्रेम सम्बन्ध अनि वैवाहिक कथालाई देखाउन खोजिएको छ। छोराको विबाह गर्ने उमेरमा बुवाको प्रेम अंकुराउन थालेपछि निम्तिने परिस्थिति एवम् उतारचढावको पेरिफेरिमा चलचित्र केन्द्रित रहेको आँकलन गर्न सकिन्छ।

त्यसो त, एउटा पुरुषलाई समाजले कसरी महापुरुष भन्छ भन्ने कुरालाई पनि ट्रेलरमा देखाइएको छ। ट्रेलर हेर्दा नै कारुणिक लाग्छ। चलचित्रलाई दर्शकले कार्तिक ११ गतेबाट हलमा हेर्न सक्नेछन् ।

सोसल ड्रामा भनिएको ‘महापुरुष’का लेखक पनि प्रदीप भट्टराई नै हुन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अर्जुन छेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जनाको यो डेव्यु चलचित्र हो। यसै चलचित्रबाट अन्जनाको चलचित्र क्षेत्रमा यात्रा तय गर्दैछिन् । अन्जनालाई निर्माण टिमले अडिसनबाट छनोट गरेक थियो। 

 

 

Must View