नागरिक पोष्ट News


अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो : अर्जुननरसिंह केसी

2.5K

विदुर -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर २ का उमेदवार अर्जुननरसिंह केसीले आगामी मंसिर ४ को निर्वाचन आफ्ना लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उमेदवार नहुने बताएका हुन् ।

“यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो,” केसीले भने । 

 

उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताउए ।

संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रूपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीको भनाइ छ ।

Must View