नागरिक पोष्ट News


नेपालमा डेंगुको बिरामी ३० हजार नाघ्यो ,३९ जनाको मृत्यु : हिमालमा समेत डेंगु फैलियो

1.2K

काठमाडौं : नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ। 

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो। 

हिमालमा समेत डेंगु‚ कर्णालीका ४ जिल्लामा ४० जना बिरामी

जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगुका बिरामी फेला परेका छन्। विशेषगरी तराई र भित्री मधेसका जिल्लामा हुने डेंगु संक्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको विशेषज्ञहरूको भनाई छ।  

सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० जना बिरामी फेला परेका छन्।

डेंगु एडिस एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा संक्रमण हुने गर्दछ। निर्देशनालयका डेंगु नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताए।

Must View