नागरिक पोष्ट News


लेख रत्न शाक्यको Lumbini–An Eternal Heaven अंग्रेजी कविता संग्रह सार्वजनिक

3.1K

काठमाडौं । लेख रत्न शाक्यद्धारा लिखित Lumbini–An Eternal Heaven (लुम्बिनी एक अनन्त स्वर्ग) अंग्रेजी कविता संग्रह पुस्तक सार्वजनिक भएको छ । अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा राजधानीमा आयोजित राष्ट्रिय प्रेस क्लवको ३८ औं वार्षिकोत्सव समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकको विमोचन २०७९ साल असोज ५ गते गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा ज्यू, काठमाडौंका पूर्व मेयर बिद्या सुन्दर शाक्य, पूर्व एआइजीपी रण बहादुर चन्द्र लगायतका विशिष्ट व्यक्तिहरुबाट गरिएको थियो ।  पुस्तकको सारांश पुस्तकमा बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा कविताको माध्यमवाट बर्णन गरिएको छ । लेखक लेख रत्न शाक्यले कार्यक्रम पढेर सुनाउनुभएको थियो ।

राष्ट्रिय प्रेस क्लव नेपालको स्थापना दिवसको ३८ औं वार्षिक समारोहका साथै अन्तराष्टिय शान्ति दिवस २०२२ को अवसरको मेरो बुद्ध भूमि कविता संग्रह Lumbini–An Eternal Heaven अँग्रेजी पुस्तकको लोकार्पण गर्न पाएकोमा अत्यन्तै हर्षि भएको छु । पुस्तक लोकार्पणका लागि विशेष अवसर प्रदान गर्नु भएकोमा म कार्यक्रमका आयोजक कमिटि प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । गौतम बुद्ध शान्तिका प्रतीक हुन र बुद्धभूमि लुम्बिनी स्वर्गको एक अंश हो । बुद्धले बोधिज्ञान प्राप्त गर्नु भएपछि ४५ वर्षसम्म उहाँले संसारलाई दिनु भएका उपदेश र शिक्षा ८४ हजार सुत्रमा संकलन गरिएको थियो भन्ने कुरा बौद्ध इतिहासमा उल्लेख छ । तथागत बुद्धको परिनिर्वाण पछि बौद्ध भिक्षुहरुको तेस्रो संघायन (संघको बैठकले) ले बुद्धका ८४ हजार धर्मस्कन्ध लिपिबद्ध गरिएको थियो र पछि यी नै लिपिबद्ध भएका धर्मस्कन्धको अध्ययन अध्यापन संसारमा शुरु भएको मानिन्छ । त्यो धर्मस्कन्ध श्रीलंकामा लेखिएको त्रिपिटकमा संकलित भएको छ ।

सरकारी सेवावाट निवृत भएपछि प्रायशः विभिन्न बौद्ध साहित्य र पुस्तकहरु अध्ययनमा मेरो समय वित्यो । बौद्ध साहित्य र जातकहरु पढनेक्रममा इन्टरनेटमा उपलब्ध कयन बौद्ध लेख रचनाहरुमा बुद्धको जन्मस्थल वारे भ्रमपूर्ण कुराहरु लेखिएको पाएँ । कसैले "Buddha was born in India" कसैले "Gautam Buddha, the founder of Buddhism, lived in Nothern भनेर घुमाउरो पाराले बुद्ध नेपालका सुपत्र होइन भन्ने लेखेर देखाएको पनि पाइयो । बुद्ध शान्ति शान्तिका प्रवद्र्धक हुन् भने लुम्बिनी विश्वशान्तिको प्रतीक हो । त्यसैले बुद्धभूमि तपोभूमिको रुपमा रहेको लुम्बिनीलाई शान्तिभूमि र स्वर्गको रुपमा चिनाउन हामी नेपाली पछि पर्नूहुदैन । संसारले बुद्धको जन्मस्थलको सत्य तथ्य ज्ञान पाउन सकून र शान्तिभूमि चिन्न सकुन् उद्देश्यले अँग्रजी भाषामा यो पुस्तक Lumbini–An Eternal Heaven लेखिएको हो । मैले यस पुस्तकमा बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा कविताको माध्यमवाट बर्णन गर्ने प्रयास गरेको छु । बुद्धजन्मस्थल लुम्बिनीको बारे ऐतिहासिक पूरा सन्देश दिनका लागि मैले यसको दोस्रो र तेस्रो संस्करण पहिलो पुस्तककै शिर्षक दिएर तयार गरेको छु

। यस कबिता संग्रहको पुस्तकलाई शान्तिका अनुयायीहरुले मनन गर्नेछन् र लुम्बिनीको शान्तिको शानलाई विश्वभरि प्रवाह गर्नेछन् भन्ने मैले विश्वास लिएको छ । अन्तमा अन्तराष्ट्रिय शान्ति दिवसको यस महत्वपूर्ण दिनमा बुद्ध र बुद्ध भूमिको शान्तिको सन्देश विश्वभरि पुगोस् भन्ने कामना गर्दै मेरो भनाई यही अन्त्य गर्दछु ।

 

जय बुद्धभूमि लुम्बिनी, जय नेपाल ।

जातीयवादको अन्त्य गरौ, शान्ति कायम राखौं।

धन्यवाद ।

कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

Must View